Date
बिहि, भदौ ४, २०८३
Thu, August 20, 2026

लखनपुरमा एसईई उर्तिण बिद्यार्थीहरुलाई सम्मान

spot_img
spot_img

वीरगंज । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ६ लखनपुरमा मंगलबार एक कार्यक्रमकाे बिच एसईई उतिर्ण भएका विद्यार्थीहरुलाई सम्मान गरिएकाे छ । श्री जनजागरण युवा कल्बको सहयाेगमा भएकाे कार्यक्रममा ३.२ जिपिए ल्याएका खुसराज यादवसहित २०६९ साल एसईई उतिर्ण भएका २६ जना उर्तिण बिद्यार्थीहरुलाई सम्मान गरिएकाे हाे ।

श्री देबीमाई आधारभुत बिधालय लखनपुरमा भएकाे कार्यक्रममा एसईई उतिर्ण भएका विद्यार्थीहरुलाई पुरस्कार स्वरूप डायरी, कलम वितरण गरि अबिर टीका, खादा लगाई सम्मान गरिएकाे जिल्ला कृषि सहकारी संघ पर्साका अध्यक्ष शिव कुमार साहले वताए ।

शिक्षा क्षेत्रमा लखनपुर कमजोर रहेको कारण बिद्यार्थीहरु बिचैमा कक्षा छोडि बिना सीप रोजगार तथा बिदेश तिर लागने र उच्च शिक्षामा ध्यानाकर्षण नहुने भएकोले लखनपुरमा पहिलो पटक सम्मान कार्यक्रममा गरिएकाे उनले वताए । कार्यक्रममा अभिभावक एवं बिद्यार्थीहरुलाई होसला बुलन्द गरि उच्च शिक्षा तिर केन्द्रित हुन आग्रह गरिएकाे अध्यक्ष साहले बताए ।

सखुवा प्रसौनी गाउँपालिका वडा नं.६ लखनपुरका वडाध्यक्ष मुन्ना राउत कमकरको अध्यक्षता एवं गाउँपालिकी उपाध्यक्ष शर्मिला बिष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कृषि अनुषनधान निर्देशनालय मधेसका निर्देशक डा. बिशेषवर यादव, पुर्व गाउँपालिका अध्यक्ष प्रदिप जयसवाल, श्री नेरा मावि महुवनका  प्रधानाध्यापक भरत गिरि, दिनेश साह, प्लस २ संयोजक रामबहादुर यादव, स्थानीय सिकेन्द्र सहनी, मेघनाथ साह कानु जगदेव राम, शिक्षक फिरोज आलम लगायत अभिभावक एवं विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालन

बारा । सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालनमा आएको छ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजकाे सहयोगमा स्थापना गरिएको स्वास्थ्य...

चकलेट दिएर फकाई ३ वर्षीया बालिकामाथि जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

बारा । जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार...

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...