Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

वन माफियालाई तह लगाउने मन्त्री यादवको चेतावनी

spot_img
spot_img

वीरगंज । वन तथा वातावरण मन्त्री प्रदीप यादवले मुआब्जा पाइसकेको जग्गा खाली नहुँदासम्म र बजेटको सुनिश्चितता नहुँदासम्म एउटा रुख पनि काट्न नदिने बताएका छन् ।

निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको सुनिश्चितता भएमात्रै रुख कटानका लागि वन मन्त्रालयबाट अनुमति दिने मन्त्री यादवले बताएका हुन् ।

सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ४ स्थित सागरनाथमा निर्मित सशस्त्र वन रक्षक ब्यारेक भवनको उद्घाटन गर्दै मन्त्री यादवले निजगढ विमानस्थल मधेशको लाईफलाइन भएको हुँदा आफु त्यसको विरोधी नभएको स्पष्ट पारे । उनले भने, “रुख काटेर जग्गा खाली गराउने, अनि फेरी बस्ती बसाल्ने र मुआब्जा दिने । यस्तो अब चल्दैन । पहिला मुआब्जा पाएको जग्गा खाली गराएर बिमानस्थलका लागि आवश्यक पर्ने बजेटको सुनिश्चितता नभएसम्म एउटा पनि रुख काट्न मन्त्रालयले अनुमति दिँदैन ।”

वन माफियालाई तह लगाउनका लागि कुनै पनि कदम चाल्न पछि नहट्ने बताउँदै उनले मन्त्रालयको निर्देशन बमोजिम वन जङ्गलको संरक्षणका लागि काम गर्न निर्देशन दिए ।

वन मन्त्रालय ताली खाने नभएर गाली खाने मन्त्रालय भएको हुँदा गाली सहेर पनि वन जङ्गल संरक्षण तदारुकता देखाउन उनले आग्रह गरे । तस्करसँग मिलेर काठ, ढुंगा र गीठीको लाइन दिने जस्ता गुनासोहरु सुनिएको बताउँदै उनले सुध्रिएर मन्त्रालयको निर्देशनको पालना गर्न आग्रह समेत गरे ।

राम्रो काम गर्नेलाई सम्मान र नराम्रो गर्नेलाई दण्डित गर्ने बताउँदै उनले सम्मान पाउने लायकको काम गर्न पनि निर्देशन दिए । केही समयभित्रै वन मन्त्रालयले सम्मान कार्यक्रमको आयोजना गर्ने हुँदा त्यसको लागि आवश्यक तयारी पनि भइरहेको मन्त्री यादवको भनाई छ ।

त्यसैगरी उनले सुकुमवासीको नाममा धनाढ्यहरुले पनि जग्गा कब्जा गरेर राखेको बताउँदै अबदेखि असली सुकुमवासीको पहिचान गरेर मात्र जग्गा दावी पूर्जा वितरण गरिने बताए । “सुकुमवासीको पूर्जा लिएर काठमाडौँ र ठूलाठूला शहरमा आलिसान घर, गाडी भएकाहरु पनि छन् । म त्यस्ता सयौँलाई चिन्छु । लाखौँको सुनको सिक्री लगाएर म सुकुमवासी भन्नेहरुको पहिचान गरेर अबदेखि सही व्यक्तिलाई मात्र हामीले जग्गा दावी पूर्जा वितरण गर्छौं,” उनले भने ।

बाघको संख्या बढेको भन्दै विश्वव्यापी रुपमा नेपालको चर्चा चलीरहेको बताउँदै उनले बाघ हेर्न आउने पर्यटकलाई बढावा दिनुपर्नेमा जोड दिए ।

वन तथा भू-संरक्षण विभागको वार्षिक कार्यक्रम अन्तर्गत निर्मित भवनको उद्घाटनपश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले वन रक्षकमा अपर्याप्त जनशक्ति हुँदा अपेक्षित काम हुन नसकेको हुँदा केही दिनभित्रै केही संख्यामा बन रक्षक भर्ना गरिने जानकारी दिए ।

वन रक्षकमा कम जनशक्ति भएको हुँदा नेपाल प्रहरी, सशस्त्र प्रहरीसँग समन्वय गरेर गस्ति गर्नुपर्नेमा जोड दिँदै उनले अहिलेसम्म बनको संरक्षणमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले खेलेको भूमिकाको सह्राना गरे । उनले जङ्गल विनाश गर्दा यसको असर हामीले नै भोग्नुपर्ने भएकाले जंगलको संरक्षण गर्नका लागि वन माफियालाई तह लगाउने चेतावनी पनि दिए ।

वन तथा भू-संरक्षण विभागका महानिर्देशक डा. राजेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रमोद साह, प्रदेशसभा सदस्य अशोक यादव, इश्वरपुर नगरपालिकाका मेयर मनोज आचार्य लगायतले मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...

बाढीपीडितका लागि प्याब्सन पर्साद्वारा १५ लाख रुपैयाँ राहत सहयोग

वीरगंज । बाढीपीडित तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको सहयोगका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले १५ लाख रुपैयाँ राहत सहयोग गरेको...