Date
बुध, असार २४, २०८३
Wed, July 8, 2026

जसपाकाे केन्द्रिय समितिमा पर्साका १४ जना मनाेनित

spot_img
spot_img
वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रिय समितिमा पर्साबाट १४ जना मनाेनित भएका छन् । नेपाल सरकारका वन तथा वातावरण मन्त्री प्रदीप यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित १४ जना पार्टीको केन्द्रीय समितिमा अटाएका हुन् ।
 

मुख्यन्त्री राउतलाई पार्टीको केन्द्रीय कार्यकारिणी सदस्यमा मनोनित गरिएको छ । कार्यकारिणी सदस्यमा अटाउने पर्सा जिल्लाबाट मुख्यमन्त्री राउत मात्रै छन् ।

वन तथा वातावरण मन्त्री एवम् पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य प्रदीप यादव, क्षेत्र नम्बर ३ का निलम्बीत प्रतिनिधी सभा सदस्य हरिनारायण रौनियार, मोहनलाल चौधरी र बालकिशोर यादवलाई पार्टीको केन्द्रीय राजनीतिक समिति सदस्यमा चयन गरिएको छ । 

त्यसैगरी जसपाकाे केन्द्रिय सदस्यमा प्रदेश सभा सदस्य करिमा बेगम, अन्जु कुमारी यादव, भिमा यादव, वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, नेता जनार्दन यादव, फिरोज मन्सुर, सिपु तिवारी, पाेखरिया नगरपालिकाकी उप मेयर सलमा खातुन, नेतृ रेखा साह मनाेनित भएकाे जसपा पर्साका अध्यक्ष रामनरेश यादवले वताए ।
 
spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कर्मचारीमाथि कुटपिटको विरोधमा कालिकामाई गाउँपालिका ठप्प, दुई पक्राउ

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकामा कार्यरत एक कर्मचारीमाथि कार्यालयभित्रै कुटपिट भएको घटनाको विरोधमा गाउँपालिकाका सम्पूर्ण कर्मचारीले कामकाज ठप्प पारेका छन् । दोषीमाथि कडा कारबाहीको...

वीरगंजमा पूर्वराजा ज्ञानेन्द्र शाहको ८०औँ जन्मजयन्ती मनाइयो

वीरगंज । पूर्वराजा ज्ञानेन्द्र शाहको ८०औँ जन्मजयन्ती मंगलबार वीरगंजमा एक कार्यक्रमकाे आयाेजना गरि मनाइएको छ । देशभक्त राज्यभक्त वीरगंजका अध्यक्ष दिपेन्द्र प्रसाद रौनियारको अध्यक्षतामा महावीरस्थानमा...

वीरगंजको मुख्य सडकको अतिक्रमण हटाउन डोजर मुर्लीसम्म पुग्यो

वीरगञ्ज । वीरगंजकाे मुख्य सडकअन्तर्गत २५/२५ मिटर सडक सीमाभित्र रहेका अतिक्रमित संरचना हटाउने अभियान मंगलबार पनि जारी रहेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले...