Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

चाँदीका कचौरा र मुर्तीसहित वीरगंजबाट एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । भारतबाट अवैधरूपमा चाँदीका गरगहनाहरु ल्याउँदै गरेका एक जनालाई प्रहरी नियन्त्रणमा लिएकाे छ । वीरगंज महानगरपालिकाकाे वडा नं. ६ निवासी १८ बर्षिय साहिल कुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे । 

प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले आइतबार विहान ११:१५ वीरगंज महानगरपालिकाकाे वडा नं. १६ रजतजयन्ति चोक स्थितबाट साहलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।

भारतकाे रक्सौलबाट वीरगञ्ज तर्फ आउँदै गरेको बिआर ०५ एएस २१६२ नम्बरको मोटरसाइकलमा सवार उनलाई रोकी तलासी लिँदा निजले बोकेको खैरो रंगको ब्यागभित्र चाँदी जस्तो देखिने धातुबाट बनेको कचौरा तथा साना मुर्तीहरू ११०६ ग्राम ४०० मि.ग्राम फेला परेको प्रवक्ता कार्कीले वताए ।

निजलाई उक्त चाँदीसहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि पक्राउ परे कै दिन राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको व्यहोरा उनले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...