Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

१ महिलासहित २७ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । लायन्स क्लब अफ वीरगंज गेटवे र स्पर्श मल्टिस्पेसलिस्ट अस्पतालको आयोजनामा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वीरगंजस्थित स्पर्स हस्पिटलमा भएकाे कार्यक्रममा १ महिलासहित २७ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रममा दिपक प्रसाद चाैहान, अमजाद अन्सारी, निमेश प्रसाद, प्रेमचन्द्र साह, संजय कुमार पटेल, आलाेक साह कानु, धुरेन्द्र प्रसाद कुर्मी, संताेष शर्मा, हसमराज हवारी, प्रकाश खड्का, अमित कुमार ठाकुर, डा. राहुल चाैरसिया, सविता देवी, डा‍. विकास गुप्ता, विनय पटेल, मंताेष पटेल, जगत साह कानु लगायतकाले रक्तदान गरेका हुन् ।

लायन्स क्लब अफ वीरगंज गेटवेका अमर बहादुर श्रेष्ठकाे अध्यक्षतामा भएकाे रक्तदान कार्यक्रममा लायन्स क्लबका देवकीनन्दन अग्रवाल, राम विहारी पाण्डे, अशाेक कुमार सिंह, कपिलदेव तिवारी, आर के साह, डा. महेशवर प्रसाद कुर्मी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

रक्त संचार केन्द्र वीरगंजका प्रमुख सराैभ राज पाण्डे नेतृत्वकाे प्राविधिकहरुले रक्तदान कार्यक्रममा प्राविधिक सहयाेग गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...