Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

अपहरण तथा कर्तव्य ज्यान मुद्दाका फरार श्रीमान, श्रीमती पक्राउ

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले शनिबार वीरगंजबाट अपहरण तथा कर्तव्य ज्यान मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेकाे छ ।

राैतहटकाे इस्नाथ नगरपालिका वडा नं‍‍. ४ निवासी ४३ बर्षिय प्रमेश्वर महताे र साेही ठाउँ निवासी निजकी श्रीमती ३० बर्षिय संगिता देवीलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब निरिक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।

अपहरण तथा कर्तव्य ज्यान मुद्दाका फरार दुबै जनालाई वीरग‌ज महानगरपालिकाकाे वडा नं. ११ श्रीपुरबाट शनिबार दिउसाे २ बजे पक्राउ गरिएकाे प्रवक्ता कार्कीले वताए । जिल्ला प्रहरी कार्यालय पर्साकाे क्राइम शाखाले दुबै जनालाई नियन्त्रण लिएकाे हाे ।

यसैगरी साेही मुद्दाका फरार प्रतिवादी एक जनालाई काठमाडाैंबाट पनि प्रहरीले नियन्त्रण लिएकाे छ । राैतहट कै इस्नाथ नगरपालिका वडा नं‍‍. ४ निवासी ४५ बर्षिय इन्दल महताे काेइरीलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

भारत विहार राज्य, जिल्ला पूर्वी चम्पारण पाेष्ट कवैइया थाना झराैखर ग्राम प‌ंचायत कवैईया वडा न‌ं‍. २ निवासी २९ बर्षिय रंजु देवीकाे अपहरण तथा कर्तव्य ज्यान मुद्दा फारर तिनै जनालाई प्रहरीले पक्राउ गरेकाे वताइएकाे छ । २०७५ सालमा रंजुकी आमा अनुपी देवीले दिएकाे किटानी जाहेरी प्रहरीले दर्ता गरेकाे थियाे ।

अनुपीले दिएकी जाहेरीका अनुसार पक्राउ परेका मध्येका प्रमेश्वरसंग २०६४  बैशाख २४ गते रंजुकाे विहे भएकाे थियाे । दाइजाे नदिएकाे निहुमा र सन्तान नभएकाे निहुमा केही समय पछि प्रमेश्वरले पक्राउ परेकी संगितसंग अक्राे विहे गरेका थिए ।

त्यसपछि र‌ंजुले दिएकी अंशकाे मुद्दा बिचारधिन अवस्थामा रहेकाे क्रममा अंश नदिनकाे लागि रंजुकाे अपहरण गरी भारतमा लगेर हत्या गरेकाे आराेपसहित उनकी आमाले जाहेरी दर्ता गराएकी थिइन ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...