वीरगंज । कलैया उपमहानगरपालिकाका मेयर विनोद साहले शिक्षा क्षेत्रकाे सबै ठाउँमा व्यापक भ्रष्टाचार भएकाेले आफु सुधार गर्ने पहल थालेको वताएका छन् । सहयात्रा परियोजना अन्तर्गत आयाेजित पालिकासँग छलफल तथा समन्वय कार्यक्रमलाई सम्बाेधन गर्दै मेयर साहले यस्ताे वताएका हुन् ।
मेयर साहले आफू कार्यभार समाहालेको दुई महिनामा पालिका भित्रको विद्यालयमा अनुगमन गर्दा अभिभावक र सरोकारवालाको नियमित ध्यान दिनु पर्ने देखिएको वताए । उनले विद्यालयहरूमा सौचालय र खानेपानीको व्यवस्थापन कमजोर रहेको पनि वताए ।
शिक्षामा सुधार ल्याउन सबै जनाले आफ्नो जिम्मेवारी निर्वाह गरिदिए पूरा हुने मेयर साहकाे भनाई थियाे ।
बैठकमा कलैया उपमहानगरपालिकाको अमर मावि दोहरी, नेरामावि मनहर्वा, दुर्गा मावि बरेवा, नेरा मावि मटिअर्वा र नेरा मावि बसतपुरमा सञ्चालित सहयात्रा परियोजनाको प्रगति र अगामी कार्ययोजना प्रस्तुत परियोजना प्रबन्धक मनोज यादवले गरेको थियो ।
जन जागरण युवा क्लवका अध्यक्ष भैयाराम यादवको सभापतित्वमा भएको बैठकमा कलैया उपमहानगरपालिकाका उप मेयर रौशन परविन, प्रमुख प्रशासकिय अधिकृत नाथु साह, शिक्षा शाखा प्रमुख प्रहलाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, भिएसओका भरत सहनी र देवी न्यौपाने लगायतको सहभागिता रहेको थियो ।
जनजागरण युवा क्लवका उपाध्यक्ष राजदेव साहले स्वागत मन्तव्य राखेकाे कार्यक्रममा नरेश साहले सहजिकरणमा गरेका थिए । बैठकमा परियोजना सञ्चालन विद्यालय रहेकाे वडका वडाध्यक्ष, प्रधानाध्यापक, अभिभावक र सरोकारवालाको सहभागिता रहेको थियो ।






