Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

जसपाद्वारा मधेशलाई सुख्खा क्षेत्र घोषणा गर्न माग गर्दै ज्ञापन

spot_img
spot_img
वीरगंज । जनता समाजवादी पार्टी (जसपा) पर्साले मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानहरुलाई विशेष राहत प्याकेजको व्यवस्था गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएकाे छ । जसपा पर्साले बिहिबार प्रमुख जिल्ला अधिकारी मार्फत ७ बुंदे मागसहित प्रथानमन्त्रीलाई ज्ञापन पत्र बुझाएकाे जसपा पर्साका जिल्ला सचिव तबरेज अहमदले जानकारी दिए ।
 
यसैगरी जसपा पर्साले किसानहरुको लागि प्रयाप्त मलखाद्यको व्यवस्था गर्न, किसानहरुले बैंकवाट लिएको ऋणको व्याज मिनाहा गर्न, सिचाईको लागि व्यापक डिप बोरींग लयायत अन्य वैकल्पिक व्यवस्था गर्न, सिचाईको लागि किसानहरुलाई सहुलियत स्वरुप डिजलको व्यवस्था गर्न, किसानहरुको सुविधाको लागि कृषि विद्युतीकरणको व्यवस्था गर्न र कृषि मिटर उपलब्ध गराई विद्युत महसुल निःशुल्क गर्न पनि माग गरेकाे गरेकाे छ ।
 
जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव नेतृत्वमा ज्ञापन पत्र बुझाउन जिल्ला प्रशासन पुगेकाे टोलीमा जसपा नेता मुकेश द्विवेदी, गाैरीशंक साह, धाेबिनी गाउँपालिकाका अध्यक्ष मदन चाैहान, सखुवा प्रसाैनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदिप जयसवाल लगायतकाे सहभागिता रहेकाे थियाे ।
 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...