Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

बाल सल्लाहकार समितिको क्षमता विकास कार्यशाला सम्पन्न

spot_img
spot_img

वीरगंज । काठमाडौँमा बाल सहभागितामा कार्यरत संस्थाहरुको साझा समुह कन्सोर्टियम नेपालका बाल सल्लाहकार समितिको क्षमता विकास सम्बन्धी कार्यशाला आइतबार सम्पन्न भएको छ ।

सेभ दी चिल्ड्रेनकाे सहयोग र कन्सोर्टियम नेपालकाे आयाेजनामा काठमाडौं महानगरपालिकाकाे वडा नं. ९ सिनामंगलस्थित होटल एयरपोर्टमा भएकाे कार्यशाला सम्पन्न भएकाे हाे ।

कन्सोर्टियम नेपालका अध्यक्ष मोहन डंगोलको अध्यक्षतमा भएको कार्यशालामा निर्वतमान अध्यक्ष किरण थापा, उपाध्यक्ष सन्तोष महर्जन, महासचिव प्रदीप कुमार लामिछाने, सदस्य अनिता पाण्डेय लगायतले मन्तब्य ब्यक्त गरेका थिए । किरण थापा र सन्तोष महर्जनले सहजकर्ताकाे भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रम संचालन कन्सोर्टियम नेपालका कार्यक्रम संयोजक गौरव केसीले गरेका थिए भने रोशन डंगोल र उषा कार्कीले प्राविधिक सहजीकरण गरेका थिए ।

बाल सल्लाहकार समितिसँगको क्षमता विकास सम्बन्धी कार्यशालामा सातै प्रदेशबाट प्रतिनिधीत्व रहेको थियो ।

प्रदेश नं १ बाट प्रवीण लिम्बू, क्रिस्टिना निरौला, मधेश प्रदेशबाट अर्जुन शाह, स्नेह ठाकुर, बागमती प्रदेशबाट स्वस्तिका पाठक, दीक्षित न्यौपाने, गण्डकीबाट निर्देश सुवेदी, आस्था अधिकारी, लुम्बिनीबाट मुना गिरी, दीपेन्द्र रजाली, कर्णालीबाट विशाल परियार, रेशम छेपाङ र सुदुरपस्चिमबाट भूमिका शाही, खगेश्वरी सहभागि थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...