Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

वीरगंज ३० लालपर्सामा बैष्णवी पार्क निमार्ण

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर ३० लालपर्सामा बैष्णवी पार्क निमार्ण भएको छ । मधेश प्रदेशका सर्शत अनुदानको बजेटबाट सो पार्क निमार्ण भएको वीरगंज ३० लालपर्साका वडाध्यक्ष मनोज यादवले बताए ।

पर्सा क्षेत्रनम्बर १ को (क) प्रदेश सभा सदस्य जन्नत अंसारीको संसदिय विकास काेषबाट ४० लाखको लागतमा पार्क निमार्ण भएको वडाध्यक्ष यादवले जानकारी गराए । पार्कमा पोखरी, बृक्षारोपण, गोलघर, सोलार, बोंरिङ, पोखरी, धारा र भरयांग निमार्ण भएको समेत यादवले बताए ।

वीरगंज महानगरपालिकाको ग्रामिण ईलाकामा पर्ने वडा नम्बर ३० लालपर्सालाई आकर्षक र मनमोहक बनाउने लक्ष्य रहेको यादवको भनाई छ । वडाध्यक्ष यादवका अनुसार ३ करोडको लागतमा गाउको पुर्बपटि रहेको खोलामा पुल निमार्णका लागी पनि केन्द्रिय बजेटबाट पास गराएको र अब अबिलम्ब पुल बन्ने बताए ।

सोही ठाउँमा निर्बाचन कार्यालय पर्साको लागी पनि जग्गा दिने बताउँदै वीरगंज महानगरको ३२ वटा वडा मध्ये वडा नम्बर ३० लालपर्सा पर्साको नमुनाको रुपमा चिनाउने उदेश्यसहित काम गरिरहेको उनकाे भनाई थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...