Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

अनलाइन सफ्टवेयर तालिम सम्पन्न

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले वडाबाट प्रदान गरीने सेवालाई डिजिटल बनाउनका लागि ५ दिने अनलाइन सफ्टवेयर तालिम शनिबार समापन गरेको छ । महानगरको १ देखि ३२ वार्डमा खटिने कम्प्युटर अपरेटरको लागि आयोजना गरिएको तालिमको समापन गरिएको हो ।

तालिमका सहभागिहरुलाई एकिकृत सम्पत्ती कर, राजश्व, घटना दर्ता दस्तुर र अन्य सिफारीस दस्तुरको शुल्क वडाबाटै डिजिटल रुपमा काट्न सिकाईएको छ । उक्त कार्यक्रमको वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले समापन गरेका हुन् ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सिंहले जन सेवालाई प्रमुख स्थान दिएर काम गर्न निर्देशन दिए । विगतमा सय/दुई सयको राजश्व तिर्न त्यो भन्दा बढि पैसा र समय खर्चेर महानगरको कार्यालयमा धाउनुपर्ने समस्याको समाधानका लागि वडाबाटै सवै सेवा दिने उदेश्यले प्रविधिमैत्री वडा बनाउन लागिएकोले सोहि अनुसारको सेवा दिन निर्देशन दिए ।

तालिमका सहभागिहरुलाई प्रमुख सिंहले प्रमाणपत्र समेत वितरण गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...