Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026

पर्यावरणलाई सन्तुलीत राखेर बिकास निर्माण गराैं : मन्त्री यादव

spot_img
spot_img

वीरगंज । वन तथा वातावरण मन्त्री प्रदीप यादवले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन तथा अनुगमन गरेका छन् । निकुञ्जसँगै मन्त्री यादवले माडी क्षेत्रमा भइरहेका बिकास निर्माणका कामहरुको स्थलगत अवलोकन पनि गरेका हुन् ।

माडीमा निर्माणाधिन हुलाकी सडक निर्माणका क्रममा भइरहेका अवरोध एवम् विद्युत प्रसारण बिस्तारका लागि बन कार्यालय एवम् मन्त्रालयबाट भएका अवरोधहरु आफ्नै कार्यकालमा समाधान गरेर काम अघि बढाउने प्रतिबद्धता पनि मन्त्री यादवले व्यक्त गरेका छन् ।

पर्यावरणलाई सन्तुलीत राखेर बिकास निर्माणका काम गर्नुपर्नेमा मन्त्री यादवको जोड छ । हुलाकी सडक र बनको बिचमा पटकपटक उत्पन्न हुने विवादको स्थायी समाधानका लागि केही दिनभित्रै काठमाण्डौमा सर्वपक्षिय बैठक आह्वान गर्ने र पर्यावरणीय सन्तुलनलाई नबिगारी बिकास गर्ने बारे निस्कर्ष निकाल्ने मन्त्री यादवको भनाई छ ।

उनले भने, “बिकास आवश्यक छ तर बिकासको नाममा बिनाश पनि भइरहेको छ । तसर्थ हामीले बनजंगल र बन्य जन्तुलाई कुनै असर नपर्ने गरी बिकास गर्नुपर्छ ।”

मन्त्री यादवले चितवन राष्ट्रिय निकुञ्जको स्थलगत अवलोकन पश्चात निकुञ्जको कार्यालयमा गएर निकुञ्जले गरेका गतिविधि एवम् त्याहाँका समस्याका सम्बन्धमा छलफल गरेका थिए । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षक हरि बहादुर आचार्यले निकुञ्जको बारेमा मन्त्री यादवलाई जानकारी समेत गराएका थिए ।

निकुञ्जमा देखिएका समस्याको बारेमा अन्य सम्बन्धित निकाय र विभागहरुसँग छलफल गरेर समाधान गर्ने मन्त्री यादवले आश्वासन पनि दिएका थिए । बन्यजन्तु तथा काठ चोरीको घटनालाई कम गर्न प्रविधिको जडान गर्ने मन्त्री यादवको भनाई छ । साथै मन्त्री यादवले वनजंगल एवम् वन्यजन्तुको सुरक्षामा नेपाली सेनाले खेलेको भूमिकाको पनि सह्राना गरे ।

नेपालको सून्दरता नै वनजंगल तथा वातावरण भएको हुँदा यो प्राकृतिले दिएको सून्दरतालाई संरक्षण एवम् संवर्धन गर्ने सबैको दायित्व भएको उनले बताए । निकुञ्जलाई व्यवस्थित बनाउन तथा बन्यजन्तु एवम् बनजंगलको संरक्षणका लागि कार्यविधि परिवर्तन गर्नुपरेपनि गर्न सकिने मन्त्री यादवको भनाई छ ।

प्रधानमन्त्रीसँग झगडा गरेर भएपनि वनजंगल र वन्यजन्तुको संरक्षणका लागि बजेट ल्याउने प्रतिबद्धता जनाउँदै उनले ठोस योजना ल्याउन महानिर्देशकलाई निर्देशन पनि दिए ।

मन्त्री यादवले भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत पर्साको पर्सागढी नगरपालिकाका कार्यपालिका सदस्य असलम आलमकी श्रीमतीसहित अन्य परिवारका सदस्यहरुको स्वास्थ्य अवस्थाको बारेमा पनि जानकारी लिएका हुन् । मेडिकल कलेजमै पुगेर मन्त्री यादवले उनीहरुलाई भेटी शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको मन्त्री यादवका उपस्वकिय सचिव निखिल वर्णवालले जानकारी दिए ।

यसअघि भरतपुर बिमानस्थलमा मन्त्री यादवलाई भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल, जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ् लगायतले स्वागत गरेका थिए ।

मन्त्री यादवसँगै बन तथा वातावरण मन्त्रालयका सचिव डा. प्रेम नारायण कँडेल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेल, हुलाकी सडक निर्देशनालयका धर्मेन्द्र कुमार झा लगायतको प्रतिनिधीमण्डलले निकुञ्जसँगै माडी क्षेत्रको अवलोकन गरेका हुन् ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा १ लाख २० हजारभन्दा बढी ट्रामाडोल ट्याब्लेटसहित ट्रक र चालक नियन्त्रणमा

वीरगंज । पर्सा प्रहरीले प्रतिबन्धित लागूऔषध ट्रामाडोलको ठूलो परिमाणसहित एक मालवाहक ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका...

उद्यमशीलता प्रवर्द्धनमा बिसिसिआईको पहल, १३ दिने प्रशिक्षण सम्पन्न

वीरगंज । वीरगंज उद्योग वाणिज्य सङ्घ (बिसिसिआई) ले आयोजना गरेको ‘BiCCI Startup & Incubation Program 2026’ अन्तर्गतको निःशुल्क व्यवसाय संवर्द्धन कार्यक्रम सम्पन्न भएको छ...

साउथजोनमा विद्यार्थी परिषद्का पदाधिकारीको सपथ ग्रहण, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगंज । वीरगंज महानगरपालिका–१३ राधेमाईस्थित साउथजोन माध्यमिक विद्यालयमा नवनिर्वाचित विद्यार्थी कल्याण परिषद्का पदाधिकारीहरूको सपथ ग्रहण तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ...