Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

नागरिकता विधेयक पारित भएपछी मन्त्री यादवद्वारा खुशी ब्यक्त

spot_img
spot_img

वीरगंज । लामो रस्साकस्सीका बिच अन्ततः नागरिकतासम्बन्धी विद्येयक प्रतिनिधिसभाबाट पारित भएको छ । वन तथा वातावरण मन्त्री प्रदीप यादवको अथक प्रयास र पहलमा शुक्रबार दिनभर उक्त विद्येयकमा छलफल भएको थियो ।

मन्त्री यादवले मन्त्री हुनुभन्दा अघि प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेरै उक्त विद्येयक पास गर्नुपर्ने माग गरेका थिए । त्यसपछि पनि मन्त्री यादवले फास्ट ट्रयाकबाट विद्येयक पास गर्ने विभिन्न सभा समारोहमा बताउँदै आएका थिए । सोही भनाईलाई सार्थकतामा बदल्न मन्त्री यादवले संसदको ध्यानाकर्षण गराएसँगै प्रतिनिधिसभाले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित गरेको हो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले समर्थन जनाएँसगै नागरिकता विधेयक पारित भएको हो । नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीले भने नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई तत्काल नागरिकता दिन नहुने भन्दै विधेयकको विपक्षमा रहेका थिए ।

नागरिकता विधेयकमाथि शुक्रबार प्रतिनिधिसभामा भएको छलफलमा ४५ जना सांसद सहभागी भएका थिए । जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तान लामो समयदेखि नागरिकताविहीन अवस्थामा रहँदा उनीहरुले राज्यबाट पाउने सेवा तथा सुविधाबाट बञ्चित रहनुका साथै उच्च शिक्षा एवम् रोजगारीको अवसरसमेत पाउन सकिरहेका थिएनन् ।

फलस्वरुप मन्त्री यादव आफु मन्त्री बनेकै समयमा जसरी पनि पास गराउने मनसायमा थिए । सोही मनसायअनुसार उनले आफै मन्त्री भएकै समयमा विद्येयक पास गराएका हुन् ।
वैवाहिक अंगीकृतका विषयमा भने दलीय सहमति जुटाएर अघि बढाउन सक्ने मन्त्री यादवको भनाई छ ।

मन्त्री यादवले भने, “मैले पटकपटक सडकदेखि सदनसम्म उठाएको आवाज अन्ततः प्रतिनिधी सभाले सुनेको छ । यो आवाज लाखौ अनागरिकहरुको थियो । अब ति अनागरिक पनि नागरिक भएका छन् । नागरिकता नपाएकाहरुले अब होली दिवाली आएको आभाष गरेका छन् ।”

जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिलाउनका लागि ल्याइएको विद्येयक पास गराएको भन्दै मन्त्री यादवले प्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसहित सता गठबंधनका नेता, प्रतिनीधि सभा सदस्यहरू लगायतप्रति आभार पनि व्यक्त गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...

बाढीपीडितका लागि प्याब्सन पर्साद्वारा १५ लाख रुपैयाँ राहत सहयोग

वीरगंज । बाढीपीडित तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको सहयोगका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले १५ लाख रुपैयाँ राहत सहयोग गरेको...