Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

जसपा पर्सा क्षेत्र नं. ३ काे बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्सा क्षेत्र नं.३ को क्षेत्रिय विस्तारित बैठक बिहिबार सम्पन्न भएकाे छ । क्षेत्रिय पार्टी कार्यालय पाेखरियामा सम्पन्न बैठककमा स्थानिय तह निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान समेत गरिएकाे थियाे ।

बैठकमा क्षेत्र अन्तर्गतका बहादुरमाई नगरपालिकाका मेयर सिंगासन साह, सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला बिस्ट महतो लगायतका नव निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएकाे जसपाका युवा नेता शिव साहले जानकारी दिए ।्

बैठकमा स्थानिय तह निर्वाचनमा बारे नेतागण र विभिन्न पदका उम्मेदवारहरुले चुनावमा भएको गतिविधि बारे समेत चर्चा गरेका थिए । 

क्षेत्रिय अध्यक्ष नागेन्द्र यादवको अध्यक्षता र निलम्वित संघिय सांसद हरिनारायण रौनियारको प्रमुख अथित्यमा भएकाे बैठकमा प्रदेश सांसद मन्जुर अंसारी, नेता शिवजी सोनी, प्रदेश सदस्य दिपक यादव, गौरीशंकर साह, विपिन यादव, सखुवा प्रसाैनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदिप जयसवाल, पाेखरिया नगरपालिकाकी पूर्व उप मेयर सलमा खातुन लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन युवा नेता शिव कुमार साहले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...