Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

बिल बिजक भन्दा बढी सामानहरू बाेकेकाे ट्रक प्रहरी नियन्त्रणमा

spot_img
spot_img

वीरगंज । बिल विजक भन्दा बढी सामानहरु बाेकेकेा ट्रक प्रहरीले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालयमा बुझाएकाे छ । 

वीरगञ्ज महानगरपालिकाकाे वडा नं.२१ परवानीपुरचोकस्थित सडकखण्डबाट ना.६ ख ५२७३ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएर बुझाइएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

बिल विजक भन्दा बढी बिभिन्न किसिमका हार्डवेयर तथा खुद्रा सामानहरू बोकेको सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले मिति बुधबार राति १२ बजेकाे समयमा परवानीपुरचोक स्थित सडकखण्डबाट मालवाहक ट्रक नियन्त्रणमा लिएकाे थियाे ।

ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल बिजक शंकास्पद देखिएको तथा विल बिजक बिनाका विभिन्न किसिमका हार्डवेयर पार्टस समेत फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रल्हाद कार्कीले वताए ।

उक्त ट्रक नियन्त्रणमा लिई रू. ७४ लाख ८७ हजार २ सय २३ मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि बिहिबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रवक्ता कार्कीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...