Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

पकहा मैनपुरमा भुमि आयाेगकाे सेवा केन्द्र स्थापना गर्ने निर्णय

spot_img
spot_img

वीरगंज । राष्ट्रिय भुमि आयाेग पर्साले पकहा मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहतासंग छलफल गरेकाे छ । आयाेग पर्साका अध्यक्ष तबरेज अहमदसहित एक टाेलीले बिहिबार गाउँ कार्यपालिकाकाे कार्यालय पकहा मैनपुर मै पुगी गाउँपालिका अध्यक्ष मेहतासंग छलफल गरेकाे हाे ।

गाउँपालिका अध्यक्ष मेहताकाे अध्यक्षतामा बसेकाे छलफल बैठकले साउन महिना भित्र गाउँपालिकामा भुमि आयाेगकाे सेवा केन्द्र स्थापना गर्ने, भुमि आयाेग र गाउँपालिका बिचकाे दुई पक्षिय समझाैत यही साउन १२ गते गर्ने निर्णय गरेकाे छ ।

साेही बैठकमा भुमि आयाेग पर्साका अध्यक्ष अहमदसहितकाे टाेलीले गाउँपालिका अध्यक्ष मेहतालाई खादा ओढाएर सम्मान समेत गरेकाे थियाे ।

गाउँ कार्यपालिका कार्यालय मै भएकाे छलफलमा भुमि आयाेग पर्साका सदस्य सुरेन्द्र सिंह, हेम कुमारी भट्टराई, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश सुवेदी, पत्रकार छठु साह, अमिन लक्षन राउत कुर्मी, सर्वेक्षक प्रविन प्रजापती लगायतकाे उपस्थिती रहेकाे थियाे ।

यसैगरी बिहिबार नै भुमि आयाेग पर्साकाे टाेलीले छिपहरमाई गाउँपालिका अध्यक्ष मनाेज गुप्तासंग समेत छलफल गरेकाे छ । आयाेग पर्साका अध्यक्ष अहमदसहितकाे टाेली गाउँ कार्यपालिका कार्यालय भिस्वा मै पुगी अध्यक्ष गुप्तासंग छलफल गरेकाे थियाे ।

साे अवसरमा आयाेगकाे टाेलीले गाउँपालिका अध्यक्ष गुप्तालाई पनि खादा ओढाएर सम्मान समेत गरेकाे थियाे ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक केबलरहित बनाइँदै, विद्युत् र टेलिकमसहितका संरचना भूमिगत गरिने

वीरगंज । विस्तारको क्रममा रहेको वीरगंजको मुख्य सडकलाई केबलरहित बनाउँदै विद्युत्, खानेपानी, टेलिकम तथा अन्य आवश्यक सेवाका संरचना भूमिगत गर्न पहल गरिने भएको छ...

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...