Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

मन्त्री यादवको प्रस्ताव बहुमतका साथ पारित, नेपाल बन्यो जीजीजीआइको सदस्य

spot_img
spot_img

वीरगंज । नेपाल ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट (जीजीजीआइ) को ४४ औँ सदस्य राष्ट्र बनेको छ ।

बुधबार सङ्घीय संसदबाट वन तथा वातावरण मन्त्री प्रदीप यादवले ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट (जीजीजीआइ) को सदस्य बन्ने विषयमा प्रस्तुत गरेको प्रस्वात बहुतमतका साथ अनुमोदन भएसँगै नेपाल जीजीजीआइको सहभागितामूलक सदस्य बनेको हो ।

मन्त्रिपरिषद्को २०७७ भदौं १ गतेको बैठकले नेपालले जीजीजीआइको सदस्यता प्राप्त गर्नका लागि नेपाल सन्धि ऐन बमोजिम सङ्घीय संसदमा पेश गर्न वन तथा वातावरण मन्त्रालयलाई स्वीकृति दिएको थियो । मन्त्रिपरिषद्को निर्णय अनुसार मन्त्री यादवले प्रतिनिधिसभाको साधारण बहुमतबाट स्वीकृति प्रदान गर्नका लागि बुधबार प्रस्ताव संसदमा पेश गरेका थिए ।

संसदमा मन्त्री यादवले जीजीजीआइको विषयमा उठेका प्रश्नहरुको उत्तर दिँदै यसको समाजिक-आर्थिक वृद्धिको लागि हरित विकासको रणनीति मार्फत जैविक विविधता संरक्षण, जलवायू परिवर्तन अनुकूलन र न्यूनीकरणका कार्यक्रम कार्यान्वयन गर्नका साथै वातावरण र विकास बीच सन्तुलन र दिगो विकासका लक्ष्य प्राप्तिमा टेवा पुग्ने बताए ।

त्यसका साथै न्यून हरित ग्यास उत्सर्जनका बाबजुद जलवायु परिवर्तनबाट अति जोखिममा परेको राष्ट्रका सन्दर्भमा नेपाल सरकारले अङ्गिकार गरेका दिगो विकास, वातावरण संरक्षण, गरिवी न्यूनीकरण र समृद्ध नेपाल-सुखी नेपालीको अवधारणालाई मूर्त रुप दिनका लागि विश्वमा छरिएर रहेका जलवायु लगायतका अन्तराष्ट्रिय वित्त, आधुनिक प्रविधि र असल अभ्यासहरुलाई नेपालमा ल्याउनका लागि जीजीजीआइलाई प्रयोग गर्न सकिने मन्त्री यादवले जानकारी दिए ।

नेपाल जीजीजीआइको सहभागितामूलक राष्ट्र भएको कारण यसको सदस्यता तथा कार्यक्रम सञ्चालन गर्नका निमित्त सरकारले कुनैपनि प्रकारको आर्थिक सहयोग गर्न नपर्नु पर्ने यादवले जानकारी दिए ।

जीजीजीआइ अनुमोदन भएसँगै नेपालमा हुँदा जलवायु कुटनीति अन्तर्गत अन्तराष्ट्रिय वार्ता प्रक्रिया र जलवायु परिवर्तन सम्वन्धी पेरिस सम्झौतामा उल्लेखित कार्यहरु गर्न प्राविधिक सहयोग प्राप्त हुने मन्त्री यादवले विश्वास व्यक्त गरे । उनले नेपालले जलवायू परिवर्तन सम्वन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धीमा पेश गरेको पहिलो र दोस्रो राष्ट्रिय निर्धारित योगदान एनडीसी कार्यान्वयनमा समेत सहयोग पुग्ने बताए ।

त्यस्तै हरित विकासका लागि लगानि अभिवृद्धि गर्न राष्ट्रिय वित्तिय साधनहरुको सवलीकरण एवम् अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्न मद्दत पुग्ने यादवको भनाई छ ।

जीजीजीआइको सदस्य बनेसँगै नेपालले विभिन्न अन्तर्राष्ट्रिय वित्तिय कोषहरुवाट लगानी वृद्धि गर्नका लागि माध्यमको रुपमा प्रयोग गर्न सक्ने उनले वताए । मन्त्री यादवका अनुसार नेपाल जीजीजीआइको सहभागितामूलक सदस्य भएको कारण स्थापना सम्झौताको पक्ष भएपनि कुनै आर्थिक योगदान गर्नु गर्नुपर्ने छैन ।

के हो जीजीजीआइ ?

ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट सन् २०१२ मा सम्पन्न रियो प्लस ट्वान्टी सम्मेलन पश्चात स्थापना भई कार्यरत रहेको एक अन्तरसरकारी निकाय हो । यसको सचिवालय दक्षिण कोरियाको राजधानी सिउलमा छ । जीजीजीआई संस्थाको हालसम्म ४३ राष्ट्र सदस्य थिए भने आजदेखि नेपाल ४४ औं सदस्य राष्ट्र बनेको हो ।

दक्षिण एसियामा पाकिस्तान र श्रीलंका सदस्य रहेका छन् भने भारत पनि सदस्य बन्ने प्रकिया छ । जीजीजीआइ संस्थाको विधान अनुसार यस संस्थामा दुई प्रकारका सदस्येताहरु छन्; योगदानमुलक र सहभागितामूलक । नेपाल यसको सहभागितामूलक बनेको छ ।

जीजीजीआइले हाल नेपाललाई विद्युतीय यातायात, पेरिस सम्झौता अन्तर्गत कार्बन व्यापार, जलवायु स्मार्ट कृषि, हरित हाइड्रोजन, अमोनिया र युरिया परियोजना, बाँस उद्यम विकास र फोहोर व्यवस्थापनमा सहयोग गर्दै आएको छ । सदस्य राष्ट्र बनेसँगै नेपालले हाल पाइरहेको सहयोगमा वृद्धि हुने जीजीजीआइको काठमाडौँ कार्यालयले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...

बाढीपीडितका लागि प्याब्सन पर्साद्वारा १५ लाख रुपैयाँ राहत सहयोग

वीरगंज । बाढीपीडित तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको सहयोगका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले १५ लाख रुपैयाँ राहत सहयोग गरेको...