Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

प्रहरी प्रधान कार्यालयकाे निर्देशन पर्सामा पहुँच भएका प्रहरीमाथी लागु भएन

spot_img
spot_img

वीरगंज । प्रहरी प्रधान कार्यालयकाे निर्देशनलाई जिल्ला प्रहरी कार्यालय पर्साले अवहेलना गरेकाे पाइएकाे छ । प्रहरी प्रधान कार्यालयले जथाभावी काज सरुवाले बेथिति निम्त्याएको भन्दै काजमा खटिएका सम्पूर्ण प्रहरी कर्मचारीलाई तोकिएकै स्थानमा फिर्ता हुन सर्कुलर जारी गरेको १३ दिन बितिसक्दा पनि हालसम्म त्यसकाे पालना भएकाे पाइदैन । तर, संरक्षण गरेको प्रष्ट देखिन थालेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा मातहतकाे विभिन्न प्रहरी कार्यालयहरुमा करिब २ सयकाे संख्यमा काजमा प्रहरी कार्यरत रहेपनि पहुँच भएकालाई रवाना नगरी ढाकछोप गरिएको छ भने पहुँच नभएकालाई मात्र रवाना गरी विभेद गरिएकाे छ । एक प्रहरी कै अनुसार संगठनमा एउटै नीति नियम सबैलाई लागू हुन्छ तर शक्तिकेन्द्रमा पहुँच भएकालाई यो नियम लागू भएको छैन ।

प्रहरी प्रधान कार्यालयले देशभर काजमा खाटेका कर्मचारीलाई रवाना फिर्ता गरि दरबन्दी पठाउन सर्कुलर गरे पनि पर्सा प्रहरी आदेशको धज्जी उडाउँदै जिल्लाको क्राइम टोली, टाईगर टोली, मुद्दा फाँट, प्रशासन फाट, ईनर्वा भन्सार, इनर्वा गाउँ चौकी, भकुवा चौकी, छपकैया बिट, छपकैया चौकी, वडा प्रहरी बिर्ता, वडा प्रहरी श्रीपुर, परवानिपुर चौकी, डराईपोर्ट चौकी, प्रहरी चौकी भिस्वा, ईलाका प्रहरी कार्यालय पोखरिया, ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली लगायत जिल्ला देखी युनिटसम्म हाकिमले नै संरक्षण गरि जोगाएका छन् ।

नेपाल प्रहरीले निमुखाको हकहित र नीति नियम पालना गराउने निकाय हो तर आफ्नै संगठनमा हाकिमहरुले काखापाखा गर्ने रवैयाका कारण अहोरात्र दिनरात खटीने सोझासाझा प्रहरीको मनोबल गिराएकाे वताइन्छ । प्रहरी प्रधान कार्यालय प्रशासन शाखाले प्रहरी नियमावली २०७१ को नियम ५२ विपरीत काज सरुवा माग्ने र दिने गर्दा त्यसको दुरुपयोग भएको भन्दै गत असार २१ मंगलबार सर्कुलर जारी गरेको हो ।

काज सरुवा र बढुवाका लागि चेन अफ कमाण्ड तोड्दै विभिन्न शक्ति केन्द्रबाट सिफारिस गर्न लगाउने कार्य संगठनको अनुशासन विपरीत भएको भन्दै यस्तो गर्ने गराउनेलाई कडा कारबाही गर्ने चेतावनी समेत नेपाल प्रहरी प्रधान कार्यालयले दिएको छ । साथै, पदेश प्रहरी कार्यालय र प्रदेश ट्राफिक कार्यालयबाट घर ठेगाना भएका स्थानमा प्रहरी कर्मचारीको काज गरिएकाले त्यस्ता काजहरु तत्काल रद्द गर्न समेत निर्देशन गरिएको छ । तर त्यसकाे पालना हाल सम्म पर्सामा भएकाे छैन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...