Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

जसपाका दुई केन्द्रिय सदस्यसहित ६९ जनाद्वारा पार्टी परित्याग

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई केन्द्रिय सदस्यसहित ६९ जनाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

केन्द्रिय सदस्य बिरेन्द्र यादव, टेक बहादुर शाक्य, प्रदेश सदस्य सलाउदिन अहमद, जिल्ला सदस्य एवम् जगरथापुर गाउँपालिका अध्यक्षका प्रत्यासी कृष्ण मोहन यादव, पर्सा निर्वाचन क्षेत्र नं. ४ का अध्यक्ष लालबाबु साह, जिराभावानी गाउँपालिका संयाेजक राजबली यादव, ठोरी गाउँपालिका संयाेजक राम बहादुर पाख्रिन लगायतकाले सामुहिक रुपमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

शनिबार वीरगंजमा पत्रकार सम्मेलनको गर्दै पर्सा क्षेत्र नं. ४ निवासी केन्द्रिय सदस्यद्वय यादव, शाक्य लगायतकाले सामुहिक रुपमा पार्टीकाे साधारण सदस्यबाट समेत राजिनामा दिएकाे जानकारी गराए ।

पार्टीमा स्वच्छाचारिता, पार्टी एकलौटी ढंगबाट पार्टी संचालन भएको, निति, नियत र नेतृत्व प्रष्ट नभएको र पार्टी संगठनात्मक संरचनामा नभई पार्टीमा ब्यक्ती, ठेक्दार र भ्रष्टाचारी हाबी भएकोले आफूहरु पार्टीबाट सामुहिक रुपमा राजिनामा दिएकाे केन्द्रिय सदस्य यादवले वताए ।

पार्टी परित्याग गर्नेमा अधिकांश नेता तथा कार्यकर्ताहरु पर्सा निर्वाचन क्षेत्र नं. ४ का रहेका छन् । अब कुन पार्टी अलग हुन लागेका डा. बाबुराम भट्टराईसंग लाग्नेकी अरु कुनै पार्टीमा जाने बारे पत्रकारहरुकाे जिज्ञासामा अहिले आफूहरु कुनै निर्णय नगरेकाे यादवले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...