Date
बिहि, साउन २८, २०८३
Thu, August 13, 2026

वीरगंजसहित पर्साका ६ पालिकामा गर्मी बिदा

spot_img
spot_img

वीरगंज । अत्याधिक गर्मीका कारण पर्साका विद्यालहरु बन्द हुन थालेका छन् । वीरगंज महानगरपालिकासहित पर्साका ५ पालिकाले विद्यालयहरुमा गर्मी बिदा दिएकाे छ ।

वीरगञ्ज महानगरभित्रका सबै विद्यालयहरुको वर्षे बिदा अवधि बढाइएको छ । यसअघि महानगरपालिकाले शुक्रवार (आज) सम्म मात्रै बिदा हुने सूचना जारी गरेको थियो । शुक्रवार महानगरपालिकाका शिक्षा अधिकृत हरि राउतद्वारा जारी सूचनामार्फत बिदा थप गरिएको जानकारी गराइएको छ ।

अषाढ २९ गतेदेखि ३१ गतेसम्मका लागि सबै विद्यालयको पठनपाठन बन्द गरिएपनि मौसम प्रतिकुलतालाई मध्यनजर गर्दै वर्षे बिदा बढाइएको सूचनामा उल्लेख छ । शुक्रवारको सूचनाअनुसार श्रावण १ गतेदेखि श्रावण २० गतेसम्म सम्पुर्ण विद्यालयको पठनपाठन बन्द हुने भएको हो । 

शैक्षिक क्यालेण्डरमा श्रावण ८ गतेदेखि वर्षे विदा भएपनि संशोधन गरेर विदा दिइएको वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख अर्विन्दलाल कर्णले जानकारी दिए । विद्यालयको प्रशासनिक कामकाजमा भने विदाले कुनै बाधा नपर्ने पनि निमित्त प्रमुख प्रशासकिय अधिकृतसमेत रहेका कर्णको भनाई छ । 

संस्थागत विद्यालयहरुमा जारी परीक्षाका कारण विद्यालय खुलेपनि पठनपाठन नहुने जनाइएकाे छ । एनप्याब्सनसँग आवद्ध विद्यालयहरु पनि जारी परीक्षालाई बाधा नपर्ने गरी परीक्षा सकिएपछि विदा गरिने एनप्याब्सन पर्साका अध्यक्ष रामराज श्रेष्ठले जानकारी दिए ।

यसैगरी पर्साकाे कालिकामाई गाउँपालिकाले सामुदायिक विद्यालयहरुमा गर्मी बिदा दिएकाे छ । गाउँपालिका शिक्षा शाखा प्रमुख मणि भुषण प्रसाद साहले शुक्रबार एक सूचना जारी गर्दै गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा साउन १ गतेदेखि २९ गते सम्मकाे लागि बिदा दिइएकाे जनाएका छन् ।

जारी सूचनामा सम्पूर्ण सामुदायिक विद्यालयमा आवश्यक प्रशासनिक काम वाहेक कक्षा १ देखि कक्षा १२ सम्मकाे पठनपाठन साउन २८ गते सम्म बन्द रहने र पुन: साउन २९ गते आइतबारदेखि सुरु हुने उल्लेख गरिएकाे छ ।

यसैगरी पर्साको बिन्दवासिनी गाँउपालिका विधालयहरु पनि एक महिनाका लागि बन्द गरिएको छ ।

अत्याधिक गर्मीका कारण कक्षाकोठामा विधार्थीहरुलाइ पठनपाठनमा समस्या भएपछि पालिकामा रहेका सबै सामुदायिक र धार्मिक विधालयहरु साउन १ देखि साउन ३० गते सम्मका लागि बन्द गरिएको हो ।

एक शैक्षिक सत्रमा हिउँदे विदा र वर्षे विदा गरि ४५ दिन विधालयमा पठनपाठन बन्द रहने व्यवस्था भए बमोजिम पालिकाका विधालयहरु १ महिनाका लागि बन्द गर्ने निर्णय गरिएको बिन्दवासिनी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साहले जानकारी दिए ।

विधालय बन्द रहेपनि सबै विधालयका प्रधानाध्यापकहरुलाई पालिका कार्यालयको सम्पर्कमा रहन पालिकाका शिक्षा शाखा प्रमुख कपिल लामिछानेले शुक्रबार जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

यस अघि बिहिबार नै पोखरिया नगरपालिकाले बिद्यालयहरुमा गर्मी बिदा दिएकाे थियाे । पाेखरिया नगरपालिकाले साउन १ देखि २८ गतेसम्मका लागि बिदा दिएकाे छ । बढ्दो गर्मीका कारण एक महीने बिदा घोषणा गरिएको पाेखरिया नगरपालिकाले जनाएकाे छ । 

यसैगरी पकाहामैनपुर गाउँपालिकाले पनि साउन १ देखि २८ गतेसम्मका लागि बिदा घोषणा गरेको छ । शिक्षा शाखा प्रमुख दामोदर द्विवेदीले पालिकाले साउन २८ गतेसम्म सामुदायिक विद्यालयहरूमा बिदा घोषणा गरेको बताए ।

यसैगरी, धोबिनी गापाले पनि साउन २८ गतेसम्म बिदा घोषणा गरेको गापा अध्यक्ष मदन चौहानले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

परीक्षामा मोबाइल प्रयोगको विषयलाई लिएर ठाकुरराममा विद्यार्थी समूहबीच कुटाकुट

वीरगंज । ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजमा परीक्षामा मोबाइल प्रयोग गरेको विषयलाई लिएर बिहिबार विद्यार्थी नेताका दुई समूहबीच विवाद हुँदा कुटाकुट भएको छ । घटनामा...

‘तल्लो तहका प्रहरीको पीडा कसले सुनिदिने ?’ सरुवा–काजप्रति प्रहरी श्रीमान्–श्रीमतीको गुनासाे

वीरगंज । प्रहरी संगठनभित्र तल्लो तहका कर्मचारीहरूले आफूहरूले लामो समयदेखि व्यावहारिक तथा पारिवारिक समस्या भोग्दै आएको गुनासो गरेका छन्। एक प्रहरी अधिकृतले संगठनमा तल्लो...

छिपहरमाईमा रास्वपाको अगुवा कार्यकर्ता भेला, स्थानीय निर्वाचनको तयारीमा जुट्ने निर्णय

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अगुवा कार्यकर्ता भेला तथा चुनावी छलफल कार्यक्रम सम्पन्न भएको छ । रास्वपा छिपहरमाई गाउँपालिका समितिको...