Date
शुक्र, अशोज २, २०८३
Fri, September 18, 2026

बारामा ५६ बर्षिय महिलालाई १५ र १७ बर्षिय बालकहरुद्वारा बलात्कार

spot_img
spot_img

वीरगंज । बारामा ५६ बर्षिय महिलालाई १५ र १७ बर्षिय बालकहरुले जबरजस्ती करणी गरेकाे घटना सार्वजनिक भएकाे छ । बाराकाे आदर्श काेतवाल गाउँपालिका वडा नं. १ मा ५६ बर्षिय महिलाई जबरजस्ती करणी गरेकाे आराेपमा प्रहरीले १५ र १७ बर्षिय बालकहरुलाई पक्राउ गरेकाे छ ।

असार २५ गते राती ११ बजेको समयमा आदर्श कोतवाल गाउँपालिका वडा नं.१ स्थित आफ्नो गोठघरमा एक्लै सुतिरहेकी महिलालाई पक्राउ परेका बालकहरुले सामुहिक रुपमा पालैपालाे जबरजस्ती करण गरेकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक राजेश थापाले वताए । 

जबर्जस्ती करणी गरेका दुबै जनालाई असार २६ गते पक्राउ गरी जबर्जस्ती करणी सम्वन्धी कसूरमा मुद्दा दर्ता बारा जिल्ला अदालतबाट ५ दिनकाे म्याद थप अनुमति लिई जिल्ला प्रहरी कार्यालय बाराकाे निग्रानी कक्षमा राखी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक केबलरहित बनाइँदै, विद्युत् र टेलिकमसहितका संरचना भूमिगत गरिने

वीरगंज । विस्तारको क्रममा रहेको वीरगंजको मुख्य सडकलाई केबलरहित बनाउँदै विद्युत्, खानेपानी, टेलिकम तथा अन्य आवश्यक सेवाका संरचना भूमिगत गर्न पहल गरिने भएको छ...

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...