Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

जसपा फुटाउने बाबुरामकाे सपना चकनाचूर भयाे : उपेन्द्र यादव

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले डा. बाबुराम भट्टराई पार्टी फुटाउने खेलमा लागेका कारण उनलाई पदमुक्त गरिएको बताएका छन् । 

वीरगंजमा सम्पन्न जसपाको केन्द्रीय कार्यकारीणी समिति र केन्द्रीय समितिको बैठककाे निर्णय सार्वजनिक गर्न शुक्रबार वीरगंज मै आयाेजित पत्रकार सम्मेलनमा वाेल्दै अध्यक्ष यादवले पार्टीका तत्कालीन संघीय परिषद् अध्यक्ष डा. भट्टराईलाई पदमुक्त गर्ने निर्णय बैठकले गरेको जानकारी दिए । 

बैठकले पार्टीको संघीय परिषद् अध्यक्षमा वरिष्ठ नेता अशोक राइलाई सर्वसम्मत चयन गरेको यादवले बताए । 

भट्टराईसँगै उनको पक्षमा लागेर पार्टी फुटाउने खेलमा लागेका ८ जना केन्द्रीय कार्यकारीणी सदस्यहरुलाई पनि पदबाटमुक्त गर्ने निर्णय बैठकले गरेको यादवले जानकारी गराए ।

यादवले डा. भट्टराईको पार्टी फुटाउने सपना चकनाचूर भएको समेत बताए । अध्यक्ष यादवले पार्टी फुटाउन गुट भेला गरे पनि संख्या नपुग्दा बाबुरामको सपना चकनाचूर भएको बताए ।

‘पार्टी फुटाउने षडयन्त्र थियो, संख्या नभएर आफैं परास्त हुनुभयो । आफ्नो गुटको बैठक बोलाउनुभयो, यो गलत थियो ‘ उनले भने, ‘ पार्टी विधानविपरीत कार्य गरेर अर्को जसपा दर्ता गराउने सपना चकनाचूर भएको छ । प्रयास असफल भएको छ । 

संघ र प्रदेशको निर्वाचनमा पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने अध्यक्ष यादवले वताए । 

विगतमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुई दुई पटक संसद विघटन गरेपछि प्रतिगमनलाई परास्त गर्न बनेको गठबन्धनले प्रतिगमननलाई परास्त गरेर लोकतन्त्रको रक्षा गर्दै मुलुकलाई राजनीतिक स्थिरता तर्फ अगाडि बढाएका कारण गठबन्धनको निरन्तरता पार्टीले आवश्यक ठानेको यादवले बताए । 

‘यद्यपि स्थानीय निर्वाचनमा हाम्रो पार्टीका केहि तिता अनुभव पनि छ । तर मुलुकका लागि गठबन्धन अहिले पनि आवश्यक ठानेका छौं,’ उनले भने, त्यहि भएर आगामी निर्वाचनमा पनि हामी तालमेल गरेर जान्छौं ।’ 

यादवले वीरगन्जको बैठकले पार्टीको विधान संशोधन गरि केन्द्रीय कार्य समितिमा महिलाको सहभागीता ३३ प्रतिशत पुरयाउने, संगठनलाई अझ चुस्त दुरुस्त बनाउने र जसपालाई एउटा वैकल्पिक शक्तिका रूपमा स्थापित गर्ने अभियानलाई निरन्तरता दिने निर्णय पनि गरेको सुनाए। 

अध्यक्ष यादवले संसदमा पेश भएको नागरिकता संशोधन विधेयक फास्ट ट्रयाकबाट छिट्टै पारित हुने पनि बताए । 

‘पहिलेको विधेयकमा संशोधन गरि नयाँ विधेयक संसदमा प्रस्तुत भइसकेको छ। उक्त विधेयक संसदको यहि अधिवेशनबाट पास हुन्छ। यसमा कसैले शंका नगरे हुन्छ’, यादवले भने। 

पत्रकार सम्मेलनमा जसपाका संघीय परिषद अध्यक्ष अशोक राइले वीरगन्जको बैठक पछि जसपा अब पार्टी विभाजन गर्न खोज्नेहरुलाई एउटा  किनारामा छाडेर मूल प्रवाहमा  अगाडि बढेको बताए। 

वीरगन्जको बैठक ऐतिहासिक रहेको भन्दै उनले बैठकले गरेका निर्णयहरुले पार्टीलाई एउटा नयाँ उचाइमा पुर्‍याउने विश्वास लिएको बताए। 

हाेटल भिस्वामा भएकाे पत्रकार सम्मेलनमा वन तथा वातावरण मन्त्री प्रदीप यादव, केन्द्रीय कार्यकारणी सदस्यहरु रामसहाय यादव, सुशीला श्रेष्ठ, संघीय सांसद नरमाया ढकाल, वीरगंज महानगरका मेयर राजेशमान सिंह, जसपाका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव लगायतको पनि सहभागिता थियो ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...