Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

तस्कारीकाे लत्ताकपडासहित ट्रक प्रहरी नियन्त्रणमा

spot_img
spot_img

वीरगंज । तस्करीकाे लत्ताकपडासहित ट्रक प्रहरीले नियन्त्रणमा लिएकाे छ । वीरगञ्ज महानगरपालिकाकाे वडा नं.६ लोहारपट्टी सडकखण्डमबाट विल बिजक विनाकाे लत्ताकपडा बाेकेकाे ना.३ ख ४४१२ नम्बरको मालवाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

बिभिन्न किसिमका खुद्रा सामानहरू बोकेको ट्रकमा विल बिजक नभएका लत्ताकपडाहरू समेत रहेको सूचना प्राप्त भई वडा प्रहरी कार्यालय विर्ताबाट खटिएकाे प्रहरी टाेलीले बुधबार राति १२ बजे ट्रकलाई रोकी जाँच गर्ने क्रममा खुद्रा सामानका अतिरीक्त विल बिजक विनाका विभिन्न किसिमका लत्ताकपडा समेत फेला परेको प्रहरीले जनाएकाे छ ।

उक्त ट्रक नियन्त्रणमा लिई रू. ४७ लाख ४८ हजार ८ सय ८० मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि बिहिबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...