Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

पाेखरियामा सेवा केन्द्र स्थापना गराउन्छु : मन्त्री यादव

spot_img
spot_img

वीरगंज । पाेखरिया नगरपालिकाकाले संघिय सरकारका नवनियुक्त वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई मंगलबार स्वागत तथा सम्मान गरेकाे छ । 

पोखरीया नगरपालिकाको कार्यालयमा मेयर प्रधुमन चौहान, उपमेयर रुवी देवी र प्रमुख प्रशासकीय अधिकृत अशोक रौनीयारले मन्त्री यादवलाई फुल माला र गम्छा पहिरयाएर स्वागत र सम्मान गरेका थिए । त्यसअवसरमा मन्त्री यादवलाई मायाको चिनो पनि प्रदान गरेका थिए ।

स्वागत र सम्मान ग्रहण गर्दै मन्त्री यादवले पर्सावासीको सहयोग र साथले नै आफु मन्त्री बन्न सफल भएको भन्दै धन्यवाद ज्ञापन गरे । उनले आफु प्रति पोखरीया र जिल्लावासीले प्रकट गरेको हार्दिकताले आफुलाई थप जिम्मेवार बनाएको बताए ।

उनले पर्साकाे दाेस्राे सदरमुकामकाे रुपमा रहेकाे पाेखरियामा सेवा केन्द्र स्थापनाकाे लागि पहल गर्ने वताए । उनले भने “केन्द्रमा पकड नभएका कारण सेवा केन्द्र स्थापना हुन सकेन, तर अब पाेखरियामा सेवा केन्द्र स्थापनाकाे लागि केविनेट बैठकमा जाेडदार रुपमा अवाज उठाउन्छु ।”

अर्काे प्रसंगमा कुरा राख्दै मन्त्री यादवले मधेशमा चुरे संरक्षण जरुरी रहेकाे वताए । उनले चुरे संरक्षण भएन भने मधेशलाई बचाउन  नसकिने र मधेश मरुभुमि हुने वताए । त्यसैले चुरे संरक्षण जरुरी रहेकाे उनकाे भनाई थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...

बाढीपीडितका लागि प्याब्सन पर्साद्वारा १५ लाख रुपैयाँ राहत सहयोग

वीरगंज । बाढीपीडित तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको सहयोगका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले १५ लाख रुपैयाँ राहत सहयोग गरेको...