Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

पकहा मैनपुरकाे अगामी बर्षकाे बजेट रु ३९ कराेड ३७ लाख

spot_img
spot_img

वीरगंज । पर्साकाे पकहा मैनपुर गाउँपालिकाकाे आठाैं गाउँ सभाबाट पारित आर्थिक बर्ष २०७९/०८० काे नीति, कार्यक्रम तथा बजेट शुक्रबार सार्वजनिक गरिएकाे छ । गाउँपालिका अध्यक्ष सुरेश मेहताकाे अध्यक्षतामा भएकाे सार्वजनिकरण कार्यक्रममा उपाध्यक्ष सरफुन नेसाले अगामी आर्थिक बर्षकाे रु ३९ कराेड ३७ लाख ८४ हजार बराबरकाे बजेट प्रस्तुत गरेकी थिइन ।

जसमा नेपाल सरकारबाट प्राप्त वितिय समानिकरण अनुदान रु १० कराेड २१ लाख, संघिय राजश्व बाडफाड तर्फ रु ६ कराेड ५८ लाख २१ हजार, सशर्त अनुदान तर्फ रु १० कराेड ७९ लाख, प्रदेश सरकारबाट समानिकरण अनुदान रु ७० लाख ७४ हजार, सवारी साधन करबाट प्राप्त राजश्व बाँडफाड रु ३० लाख, बिशेष अनुदान रु ३० लाख, समपुरक अनुदान रु २० लाख तथा गत बर्षकाे माैज्दात रु ९ कराेड ७२ लाख ७९ हजारकाे रहेकाे वताइन ।

उपाध्यक्ष नेसाले ब्यय तर्फ चालु खर्चका लागि रु २० कराेड ६० लाख र पुँजगत तर्फ रु १८ कराेड ७७ लाख ८४ हजार विनियाेजन गरेकाे जानकारी गराइन ।  

अगामी बर्षकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष मेहताले गाउँपालिका अन्तर्गतका सम्पूर्ण गर्भवती महिलाहरुकाे सत्केरी गराउन एम्बुलेन्स निशुल्क गरिएकाे वताए । साथै साउन १ गतेदेखी कृषि विधुत महशुल्क फ्रि गराउनुकाे साथै सम्पूर्ण सामुदायिक विद्यालयका विद्यार्थीहरुकाे लागि निशुल्क स्कुल ड्रेस र वैज्ञकाे व्यवस्था गरिने अध्यक्ष मेहता वताए ।

नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री सुरेन्द्र कुमार चौधरीकाे प्रमुख आतिथ्यतामा भएकाे नीति, कार्यक्रम तथा बजेट सार्वजनिकरण कार्यक्रममा नेपाली कांग्रेस पर्साका जिल्ला सभापति जनार्दन सिंह क्षेत्री, गाउँपालिकाका प्रमुख प्रशासकिय अधीकृत रमेश सुबेदी, नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का सभापति श्रीकिशुन चाैहान, जिल्ला सदस्य ललन द्विवेदी, पकहा मैनपुर गाउँपालिकाका सभापति हरि चाैहान, नेता नसुरलाह मियाँ, वडा नं. १ देखी ५ सम को वडाध्यक्ष, गाउँ सभा सदस्य लगायतकाे सहभागिता रहेको थियो ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक केबलरहित बनाइँदै, विद्युत् र टेलिकमसहितका संरचना भूमिगत गरिने

वीरगंज । विस्तारको क्रममा रहेको वीरगंजको मुख्य सडकलाई केबलरहित बनाउँदै विद्युत्, खानेपानी, टेलिकम तथा अन्य आवश्यक सेवाका संरचना भूमिगत गर्न पहल गरिने भएको छ...

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...