Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पत्रकार साहलाई ज्यान मार्ने धम्की दिनेमाथी कारवाहीकाे माग

spot_img
spot_img

वीरगंज । समाचार लेखेकाे विषयलाई लिएर पत्रकारलाई ज्यान मार्ने धम्की दिनेमाथी समाजवादी प्रेस संगठन पर्साले कारवाहीकाे माग गरेकाे छ । वीरगंजबाट संचालित नेपाल पोष्ट डेलीका उप सम्पादक संतोष साहलाई ज्यान मार्ने धम्की दिने घटना प्रति समाजवादी प्रेस संगठनले प्रेस विज्ञप्ती मार्फत खेद प्रकट गर्दै कारवाहीकाे माग गरेकाे हाे । 

संगठन पर्साले साेमबार एक प्रेस बिज्ञप्ती जारी गर्दै घटना प्रति गम्भीर ध्यान आकर्षण भएको जनाउँदै दोषी माथी कडा कारवाहीको माग समेत गरेकाे छ । संगठन पर्साका अध्यक्ष मनोज पटेलद्वारा हस्ताक्षरित बिज्ञप्तीमा समाचारप्रति चित्त नबुझे वा गुनासो भए त्यस उपर कानुनी उपचार खोज्नु पर्नेमा पत्रकारमाथि यस प्रकारले प्रस्तुत हुनु निन्दनीय र प्रेस विरोधी काम रहेको उल्लेख गरिएको छ ।

संगठनले यस्ता प्रेस विरोधी घटना नियन्त्रणमा गम्भीर भई पत्रकारलाई निर्वाध र निर्भीक रूपमा काम गर्ने वातावरण निर्माण गर्नुको साथै पिडकलाई कानुनी दायरामा ल्याई कारवाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...