Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

पर्साका सांसद प्रदिप यादव वन मन्त्री बन्दै

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादव मन्त्री बन्ने निश्चित भएकाे छ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा रहेका आफ्ना तीन जना मन्त्रीलाई फिर्ता बोलाएर पठाउन नयाँ मन्त्रीकाे सूचिमा पर्साका सांसद यादव पनि परेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी तीन मन्त्रीलाई फिर्ता बोलाएर म्रिगेन्द्र सिंह यादव, प्रदिप यादव र मोहम्मद इस्तियाक राईलाई सरकारमा पठाउन लागिएको जसपा स्राेतले जनाएकाे छ ।

स्राेतका अनुसार जसपाले वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवलाई हटाएर प्रदीप यादवलाई मन्त्री बनाउने निर्णय गरेको छ ।

यसैगरी कृषि तथा पशुपन्छी मन्त्री महिन्द्र राय यादवलाई हटाएर मृगेन्द्र सिंह यादव र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई हटाएर इस्तियाक राईलाई जसपाले उक्त मन्त्रालयको जिम्मेवारी दिने भएकाे छ ।

नव नियुक्त मन्त्रीहरूको शपथ ग्रहण भोलि (सोमवार) हुने पार्टी स्रोतले जनाएको छ ।

सरकारमा रहेका आफ्ना मन्त्री फिर्ता बोलाउने बारेको पत्र प्रधानमन्त्री कार्यालयमा पठाइसकिएको पार्टी स्रोतकाे भनाई छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...

बाढीपीडितका लागि प्याब्सन पर्साद्वारा १५ लाख रुपैयाँ राहत सहयोग

वीरगंज । बाढीपीडित तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको सहयोगका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले १५ लाख रुपैयाँ राहत सहयोग गरेको...