Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026

पर्सा र बारामा भएकाे कार्यक्रममा १४६ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । पर्साकाे पकहाँ मैनपुर गाउँपालिकामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । श्री रामचरित्र भगत मा.वि. पकाहाँ मैनपुरमा भएकाे कार्यक्रममा २५ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्रमुख सराैभ राज पाण्डेले वताए ।

समाज परिवर्तन नेपालका अध्यक्ष अकलेश कुमार साहकाे अध्यक्षता भएकाे कार्यक्रम उद्घाटन रक्तदान गरी नेकपा एमाले पकहाँ मैनपुर गाउँपालिका कमिटीका सचिव एवम् गाउँपालिका प्रमुखका उमेदवार राजेश सहनीले गरेका थिए ।

युवा सन्जालको सहकार्य र समाज परिवर्तन नेपालको आयोजनामा भएकाे कार्यक्रममा एमडी हवारी, कृष्णा शर्मा, देवलाल साह, अखलेश पटेल, अनवर आलम, रविन्द्र चाैरसिया, नरेश सहनी, पृथ्वीनारायण बर्णवाल, रन्जन यादव, मनिष यादव, सुरेश कुमार राम, टेक बहादुर विके लगायतकाले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा नेकपा एमाले पकहा मैनपुर गाउँपालिका वडा नं. ५ का वडा कमिटी अध्यक्ष रामबाबु प्र चौरसिया, पकहाँ मैनपुर युवा संजालका सचिव भगवान प्रसाद पटेल, गोबिन्द यादव, रामबाबु चौरसिया, मनिष यादव, अनवर आलम, चनदन पटेल लगायतकाे सहभागिता रहेको थियो ।

यसैगरी बाराकाे जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ७ जीतपुरमा पनि रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

शान्ति युवा बिकाश मंच कल्बकाे आयाेजनामा भएकाे कार्यक्रममा ८ जना महिलासहित १२१ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्रमुख पाण्डेले वताए ।

जीतपुरकाे शान्ति टाेलमा भएकाे कार्यक्रममा प्रशुराम चाैधरी, लक्ष्मण कुमार क्षेत्री, अपताब आलम, अनिल गुप्ता, रवि कुमार सहनी, अनिल पण्डित, रन्जित कुमार राउत, ओमप्रकाश कुमार सर्राफ, उमेश चाैधरी, पिन्टु कुमार साह, राेशन सिंह, राजाबाबु साह, प्रेमलाल साह साेनार, बासुदेव चाैधरी, श्याम मुखिया लगायतकाले रक्तदान गरेकाे उनले जानकारी दिए ।

अजय कुमार शाहकाे अध्यक्षता र बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा सुनिल कुमर गुप्ता, नवीन मैनाली लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कोल्हवीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३६६ जनाले पाए विशेषज्ञ सेवा

बारा । कोल्हवी नगरपालिकाको आयोजनामा तथा नेशनल मेडिकल कलेज, वीरगञ्जको क्लिनिकल सहयोगमा कोल्हवी प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा...

पर्सा–४ का उत्कृष्ट एसईई विद्यार्थीलाई नगद पुरस्कार र सम्मान

वीरगंज । माद्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका पर्सा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गतका विद्यार्थीहरूलाई प्रतिनिधिसभा सदस्य टेक बहादुर शाक्यले...

ठगी मुद्दाका फरार अभियुक्त गिरधारी कुर्मी पक्राउ

वीरगंज । ठगी सम्बन्धी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंजका अनुसार जिल्ला पर्सा वीरगंज महानगरपालिका–२४ निवासी...