Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

पर्सा र बारामा भएकाे कार्यक्रममा १४६ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । पर्साकाे पकहाँ मैनपुर गाउँपालिकामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । श्री रामचरित्र भगत मा.वि. पकाहाँ मैनपुरमा भएकाे कार्यक्रममा २५ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्रमुख सराैभ राज पाण्डेले वताए ।

समाज परिवर्तन नेपालका अध्यक्ष अकलेश कुमार साहकाे अध्यक्षता भएकाे कार्यक्रम उद्घाटन रक्तदान गरी नेकपा एमाले पकहाँ मैनपुर गाउँपालिका कमिटीका सचिव एवम् गाउँपालिका प्रमुखका उमेदवार राजेश सहनीले गरेका थिए ।

युवा सन्जालको सहकार्य र समाज परिवर्तन नेपालको आयोजनामा भएकाे कार्यक्रममा एमडी हवारी, कृष्णा शर्मा, देवलाल साह, अखलेश पटेल, अनवर आलम, रविन्द्र चाैरसिया, नरेश सहनी, पृथ्वीनारायण बर्णवाल, रन्जन यादव, मनिष यादव, सुरेश कुमार राम, टेक बहादुर विके लगायतकाले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा नेकपा एमाले पकहा मैनपुर गाउँपालिका वडा नं. ५ का वडा कमिटी अध्यक्ष रामबाबु प्र चौरसिया, पकहाँ मैनपुर युवा संजालका सचिव भगवान प्रसाद पटेल, गोबिन्द यादव, रामबाबु चौरसिया, मनिष यादव, अनवर आलम, चनदन पटेल लगायतकाे सहभागिता रहेको थियो ।

यसैगरी बाराकाे जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ७ जीतपुरमा पनि रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

शान्ति युवा बिकाश मंच कल्बकाे आयाेजनामा भएकाे कार्यक्रममा ८ जना महिलासहित १२१ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्रमुख पाण्डेले वताए ।

जीतपुरकाे शान्ति टाेलमा भएकाे कार्यक्रममा प्रशुराम चाैधरी, लक्ष्मण कुमार क्षेत्री, अपताब आलम, अनिल गुप्ता, रवि कुमार सहनी, अनिल पण्डित, रन्जित कुमार राउत, ओमप्रकाश कुमार सर्राफ, उमेश चाैधरी, पिन्टु कुमार साह, राेशन सिंह, राजाबाबु साह, प्रेमलाल साह साेनार, बासुदेव चाैधरी, श्याम मुखिया लगायतकाले रक्तदान गरेकाे उनले जानकारी दिए ।

अजय कुमार शाहकाे अध्यक्षता र बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा सुनिल कुमर गुप्ता, नवीन मैनाली लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रुपमा...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय...

तिहार र छठका लागि माटाका भाँडा बनाउन कुम्हाललाई भ्याइनभ्याइ

पर्सा । तिहार तथा छठ पर्व नजिकिएसँगै माटाका दियो, पाला, घैँटा र अन्य पूजासामग्रीको माग बढेपछि पर्साका कुम्हाल समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको...