Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

पकहा मैनपुरका निवर्तमान अध्यक्ष चाैरसिया दाेस्राे पटक दण्डित

spot_img
spot_img

वीरगंज । पर्साकाे पकहा मैनपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष बिजय कुमार चौरसियालाई अदालतले दोस्रो पटक दण्डित गरेको छ । पर्सा जिल्ला अदालतले कुटपिट मुद्दामा निवर्तमान गाउँपालिका अध्यक्ष चाैरसियासहित ९ जनालाई दण्डित गरेकाे हाे ।

गाउँपालिकामा निर्माण भइरहेको बाटोको बिषय भएकाे कुटपिटकाे घटनामा तत्कालिन गाउँपालिका अध्यक्ष चौरसियासहित ९ जनालाई बिपक्षी बनाई स्थानिय हरिशंकर प्रसाद चौहानले अदालतमा मुद्दा दायर गरेका थिए । स्थनिय नन्दलाल चौहानसहितको परिवारका अन्य सदस्यहरुलाई पनि कुटपिट गरेको भन्दै चौहानले मुद्दा दायर गरेका थिए ।

०७७-c4-०१६१ र ०७७-c4-०६६९ काे कुटपिट मुद्दामा पर्सा जिल्ला अदालतका २ नम्बर इजलाशका न्यायाधिश बिष्णु प्रसाद अर्यालले अन्तिम फैसला गर्दै निवर्तमान अध्यक्ष चौरसियासहित ९ जनालाई जनही रु १५ हजार जरिवाना तथा जनही रु ८ हजार क्षतीपुर्ति तिर्ने गरी आदेश दिएको जनाइएकाे छ ।

यसअघि पनि अदालतले निवर्तमान अध्यक्ष चौरसिया र पकहा मैनपुर गाउँपालिका कै वडा नं. ३ का निवर्तमान वडाध्यक्ष मदन साह कानुसहित १५ जनालाई जनही रु ९ सय जरिवाना गरेको थियो ।

उक्त मुद्दामा वादी चौहानको तर्फबाट अधिवक्ताहरु प्रमोद प्रसाह साह, बिरेन्द्र प्रसाद यादव र नजमुदिन राउत गद्दी तथा प्रतिवादीको तर्फबाट अधिवक्ता रामनारायण प्रसाद कुर्मीले बहस पैरवी गरेका थिए ।

चाैहानले अदालतमा दायर गराएकाे मुद्दामा गाउँपालिका क्षेत्रमा चौहानको नम्बरी जग्गामा विना सहमति मुअब्जा नदिई एकतर्फी बाटो निर्माण गर्न खोजिएकाे र निवर्तमान अध्यक्ष चौरसियासहितको टोलीले स्थानिय चौहानको परिवार सहितलाई कुटपिट गरेको आराेप लगाइएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक केबलरहित बनाइँदै, विद्युत् र टेलिकमसहितका संरचना भूमिगत गरिने

वीरगंज । विस्तारको क्रममा रहेको वीरगंजको मुख्य सडकलाई केबलरहित बनाउँदै विद्युत्, खानेपानी, टेलिकम तथा अन्य आवश्यक सेवाका संरचना भूमिगत गर्न पहल गरिने भएको छ...

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...