Date
बुध, अशोज ७, २०८३
Wed, September 23, 2026

बधुवा मजदुर संघर्ष समितिद्वारा मानव अधिकार आयाेगलाई ज्ञापन

spot_img
spot_img

वीरगंज । कृषि राष्ट्रिय बधुवा मजदुर संघर्ष समितिले राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षलाई पांच बुन्दे मागसहित ज्ञापन पत्र बुझाएकाे छ । 

संघर्ष समितिले हरवाचरवालाई अहिलेसम्म लागेको सम्पूर्ण अनुचित ऋण र कागज तमसुकहरूको खारेजीसहित हरवाचरवा मुक्तिको घोषणा गर्ने, हरवाचरवा मुक्तिको बिस्तृत ब्यवस्थापन, देशब्यापी समन्वय र सहजीकरण र अनुगमनका लागि मन्त्री परिषदबाट गठन आदेश जारी गरेर एउटा ७ वा ९ सदस्यीय अधिकार सम्पन्न ‘हरवाचरवा ब्यवस्थापन आयोग’ गठन गर्ने माग गरेकाे छ ।

यस्तो आयोग मुक्तहलिया, कमैया तथा हरवाचरवाको लागि संयुक्त पनि हुनसक्छ । आयोगमा सो बिषयमा अध्ययन/अनुसन्धान तथा फिल्ड कार्य गरेका बिषय विज्ञहरू, नेपाल सरकारका सो बिषयमा वा कमैया/हलिया पुनस्र्थापनका बिषयमा राम्रो पूर्व अनुभव भएका कर्मचारीहरू वा भूपू कर्मचारीहरू, सरोकारवाला हरवाचरवा समुदायमा प्रतिनिधिहरू राख्ने ब्यवस्था गर्ने पनि ज्ञापन पत्र मार्फत माग गरेकाे छ ।

यैसगरी बाँधा श्रमको प्रकृति एउटै जस्तो भएकाले यस्तो आयोग पनि कमैया कम्लहरी, हरवाचरवा, र हलियाको एउटै वा संयुक्त समेत हुनसक्ने । सो कार्यदलले फिल्डमै गएर निश्चित समयभित्र हरवाचरवा ब्यवस्थापन कार्यको तीनै तहको सरकार र सम्वन्धित संस्थाहरूसित समन्वय, सहजीकरण र अनुगमन गर्ने पनि संघर्ष समितिले माग गरेकाे छ ।

स्थानीय तह, त्यसको पनि वडा तहलाई परिचालन गरी हरवाचरवाको यकीन तथ्याङ्क र लगत अविलम्व लिने ब्यवस्था गर्ने लगत लिएकालाई पालिकाको बोर्डले तुरुन्त परिचय पत्र प्रदान गर्नका लागि स्थानीय तहलाई अख्तियारी, जिम्मेवारी सुम्पने तथा बजेट बिनियोजित गर्ने पर्ने लगायतका ५ बुंदे मागहरु गरिएकाे राष्ट्रिय हरवाचरवा अधिकार मन्चका केन्द्रिय अध्यक्ष दशनलाल मण्डलले वताए ।  

राष्ट्रिय हरवाचरवा अधिकार मन्चका केन्द्रिय अध्यक्ष मण्डल, मुक्त कमैया समाज केन्द्रिय अध्यक्ष पशुपति चौधरी, राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालका राजुराम भूल र बाध्यकारी श्रम उन्मुलन पैरवी समुहका बालाराम भटटराईले हस्ताक्षित ज्ञापन पत्र आयाेगका अध्यक्षलाई बुझाइएकाे हाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्राउन सुगरसहित छिपहरमाईका आलम र जगरनाथपुरका पटेल पक्राउ

वीरगंज । पर्सामा १५४ ग्राम ब्राउन सुगर र ११ ग्राम ५९ मिलिग्राम अफिमजस्तो देखिने पदार्थसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लागूऔषध खरिद–बिक्री भइरहेको...

प्रचण्ड–माधवको वीरगंज कार्यक्रम असोज १४ गतेलाई सर्‍यो

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साले जिल्ला एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको मिति परिवर्तन गरेको छ । यसअघि २०८३ असोज ११ गते...

वीरगंज १२ काे कांग्रेस सभापतिमा जवाहरलाल

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरगंज महानगरपालिका–१२ मुर्लीको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा सभापतिमा जवाहरलाल प्रसाद निर्विरोध चयन हुनुभएको छ ।...