Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

लागुऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको ७ दिने अभियान सुरु

spot_img
spot_img

वीरगंज । लागुऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको ७ दिने अभियान आइतबारदेखि वीरगञ्जमा सुरु भएको छ । लागुऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर सानाे पाइलाले अभियान सुरु गरेकाे हने ।

अभियानको पहिलो दिन लागुऔषध दुव्र्यसन तथा ओसार पसार विरुद्ध मार्च (र्याली) गर्दै ७ दिने अभियानको औपचारिक उद्घाटन गरिएकाे थियाे ।

वीरगञ्जस्थित घण्टाघरदेखि सुरु भएकाे र्‍याली माईस्थान, आदर्शनगर, अलखियामठ हुँदै ग्रिनसिटी चोक, घडिअर्वा भएर पुनः घण्टाघरमा पुगेर कोण सभामा परिणत भएको थियो । ¥यालीमा सहभागीहरुले ‘हग्स नट ड्रग्स, लागु औषधबाट टाढा रहौँ, लागु औषध दुव्र्यसनविरुद्ध एक हौँ, ड्रग्स् किल्स्, ड्रग्स्लाई नाई’ लगायतका सचेतनामुलक नारा अंकित प्ले कार्ड बोकेका थिए ।

काेण सभालाई सम्बोधन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले लागुऔषध विरुद्ध सबै क्षेत्रको साझा सहकार्यमा जोड दिएका थिए । लागुऔषधको क्षेत्रमा कार्य गर्दै आएका संस्थाहरुलाई प्रशासनबाट पनि सहयोग रह्ने उनले बताए ।

खुल्ला सिमानाका कारण देखिएको लागुऔषध दुर्व्यसन तथा ओसारपसारको समस्याहरुलाई अबको दिनमा सुधार गर्दै लैजाने उनले प्रतिबद्धता समेत जनाए ।

कोण सभा कै क्रममा पर्साका प्रमुख जिल्ला अधिकारी ढकाल, पर्सा प्रहरी उपरिक्षक रमेश कुमार बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेज प्रकाश पोख्रेल, रिकभरिङ्ग नेपाल मधेश प्रदेशका सभापति गौरव वर्मा, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्ल, सामुदायिक पुनस्र्थापना केन्द्रका व्यवस्थापन प्रमुख साविर हुसैन लगायतकाले संयुक्त रुपमा बैलुनको गुच्छा हावामा उडाउँदै ७ दिने अभियानको उद्घाटन गरेका थिए ।

अभियानको दोस्रो दिन सोमबार “समाज सुधारका लागि सँगसँगै” नाराका साथ जिल्ला प्रहरी कार्यालय पर्सा र सानो पाइलाका बीच क्रिकेट म्याच आयोजना हुने आयाेजक संस्थाले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...

मन्त्रीको अनुगमनपछि बस्तीपुर माविको शैक्षिक सुधारको आशा

लहान । लहान नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय बस्तीपुरमा पछिल्लो समय शैक्षिक तथा भौतिक सुधारको अपेक्षा बढेको छ। लामो इतिहास बोकेको विद्यालयमा शिक्षा...