Date
बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

मेयर सिंहलाई भारतिय सांसद जयसवालले दिए बधाई

spot_img
spot_img

बीरगंज । वीरगंज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहलाई भारतको सत्तारुढ दल भारतीय जनता पार्टील (भाजपा) का बिहार प्रदेश अध्यक्ष डाक्टर सन्जय जयसवालले भेटघाट गरेका छन् ।

बिहारको बेतिया क्षेत्रका सांसद समेत रहेका जयसवालले बुधबार महानगरपालिकाको कार्यालय वीरगंज मै पुगेर मेयर सिंहलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।

सांसद जयसवालले मेयर सिंहलाई बधाई दिनै राेटी बेटीकाे सम्बन्धलाई अझ मजबुद बनाउने गरी काम गर्न आग्रह गरे । साथै उनले आफ्नाे तर्फबाट गर्नु पर्ने सहयाेग गर्न आफू सँधै तयार रहेकाे बताए ।

मेयर सिंहले पनि भाजपाका सांसद जयसवाललाई रुद्राक्षको माला लगाएर स्वागत गर्दै धन्यवाद दिए । त्यस अवसरमा वरिष्ठ पत्रकार चन्द्रकिशोर झा, वीरगंजका उद्योगपति अशोक बैद्य लगायतको समेत उपस्थिती रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ठगी मुद्दाका फरार अभियुक्त गिरधारी कुर्मी पक्राउ

वीरगंज । ठगी सम्बन्धी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंजका अनुसार जिल्ला पर्सा वीरगंज महानगरपालिका–२४ निवासी...

वीरगंजमा ई-स्कुटरको ब्याट्री पड्किँदा गढीमाई लजमा आगलागी

वीरगंज । वीरगंज महानगरपालिका–९ स्थित जिल्ला प्रशासन कार्यालय नजिक रहेको गढिमाई लजमा पार्किङ गरिएको ई–स्कुटरको ब्याट्री पड्किँदा आगलागी भएको छ । बिहीबार बिहान करिब...

वीरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृतमा बसन्त बहादुर बोहरा हाजिर

वीरगंज । वीरगंज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएर आएका सहसचिव बसन्त बहादुर बोहराले बिहीबार कार्यालयमा हाजिर भई कार्यभार सम्हालेका छन् । संघीय सरकारले जेठ...