Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

प्रहरी समायोजन नभएसम्म विधेयक ल्याउनु गलत : सांसद यादव

spot_img
spot_img

वीरगंज । प्रतिनिधि सभा सदस्य प्रदीप यादवले नेपालको ७ वटै प्रदेशका मुख्यमन्त्रीहरु बिना सेनाको सेनापति भएको बताएका छन् । पर्सा क्षेत्र नम्बर १ का संघीय सांसद यादवले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरवेक्षण र समन्वय) २०७६ को पहिलो संसोधन विधेयकमाथि चलिरहेको छलफलमा बोल्दै सांसद यादवले प्रदेशका मुख्यमन्त्रीहरुलाई एउटा हवल्दार र सिपाहीलाई सरुवा गर्ने अधिकारसमेत नभएको बताउँदै उनीहरु बिना सेनाको सेनापति भएको बताए ।

‘अहिले प्रदेशका मुख्यमन्त्रीहरु बिना सेनाको सेनापति जस्तै भएका छन् । एउटा हवल्दार र सिपाहीलाई यहाँबाट त्यहाँ गर्ने अधिकार छैन,’ उनले भने, ‘अहिले हामी संघीयताको कुरा गर्छौं, संघीयतालाई मजबुत बनाउने तर्फ अगाडि बढेको कुरा गर्छौं । तर एकातिर चाहिँ हामीलाई संघीयतालाई कमजोर पार्ने कोशिस गर्छौं जस्तो हामीलाई लाग्छ ।’

त्यसैगरी सांसद यादवले प्रदेशको प्रहरी प्रमुख डीआईजीको सट्टामा एआईजीलाई राख्नुपर्ने सुझाव दिए । डीआईजीसँग प्रदेश चल्न नसक्ने तर्क गर्दै उनले प्रदेश प्रहरीलाई राम्ररी सञ्चालन गर्न एआईजीको दरबन्दी कायम गर्नु पर्ने बताए ।

‘ऐनमा प्रदेशमा डीआईजीको दरबन्दी राखिएको छ प्रदेश प्रमुखको रुपमा । त्यो ठिक भएन, यसलाई हामीले संघीयतालाई कमजोर पार्ने षडयन्त्रको रुपमा लिरहेका छौँ । डीआइजीले प्रदेशलाई थाम्न सक्दैन । खासगरेर हाम्रो सिमा भारत र चिनसित टाँसिन्छ । अन्य धेरै कुराको पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ र त्यो डीआईजीले सक्दैन,’ उनले भने ।

उनले प्रदेशको प्रहरी प्रमुख भन्दा जिल्लाको सिडिओ ठूलो भएको भन्दै भने, ‘पूर्व माननीयजीहरुले पनि भनेर जानुभएको छ, जिल्लामा सिडीओका रुपमा सह-सचिवलाई दिएको छ र सह-सचिव भन्दा डीआईजी तल हुन्छ । त्यसकारण त्यहाँ डीआईजीको ठाउँमा एआईजीको दरबन्दी कायम गर्नुपर्छ ।

काठमाडौँमा एआईजीलाई राख्नुको सट्टा उनीहरुलाई ७ वटै प्रदेशमा खटाउनु पर्छ । काठमाडौँको लागि आईजी हुनहुन्छ ।’ विधेयकमा उपत्यकामा केन्द्र शासित प्रहरी प्रणाली लागू गर्ने कुरालाई पनि संघीयता विरोधी कदमको संज्ञा दिँदै उनले भने, ‘यो कदम संघीयता विरोधी हो र प्रदेशलाई कमजोर पार्ने एउटा षडयन्त्रको हो । यस कारण यसलाई प्रदेशमा नै राख्नु पर्ने मेरो सुझाव छ ।’

यादवले प्रदेशमा प्रहरी समायोजन नै नभई ऐन संसोधन गर्नु गलत भएको बताए । ‘पहिला त मेरो हिसाबले प्रहरी प्रदेशमा समायोजन हुन जरुरी थियो । त्यसपछि ऐन संसोधन गरेको भए राम्रो हुन्थ्यो । विगतको केपी ओलीको सरकारमा पनि त्यस्तै भयो । अब समायोजन हुन्छ, अब समायोजन हुन्छ तर समायोजन हुन सकेन,’ उनले भने ।

सांसद यादवले देशभरका कारागारलाई पनि प्रदेशको मातहातमा राख्नु पर्ने सुझाव दिए । उनले कारागारहरुको जिर्ण अवस्थाको बारेमा ध्यानाकर्षण गराउँदै शहरी क्षेत्रको कारागारलाई अन्यत्रै सार्नु पर्ने बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...

बाढीपीडितका लागि प्याब्सन पर्साद्वारा १५ लाख रुपैयाँ राहत सहयोग

वीरगंज । बाढीपीडित तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको सहयोगका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले १५ लाख रुपैयाँ राहत सहयोग गरेको...

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगंजमा हुने

वीरगंज । जनमत पार्टीले आफ्नो दोस्रो महाधिवेशनको विस्तृत समयतालिका सार्वजनिक गरेको छ । पार्टीको दोस्रो महाधिवेशन आगामी २०८३ असोज १० गते शनिबार वीरगंजस्थित टाउनहलमा...