Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026

पहिलाे पाइला वीरगंजकाे प्रथम साधारण सभा सम्पन्न

spot_img
spot_img

वीरगंज । पहिलाे पाइला नेपाल वीरगंज शाखाकाे प्रथम साधारण सभा शनिबार सम्पन्न भएकाे छ । वीरगंजस्थित नगर सभा गृहमा भएकाे सभाकाे उद्घाटन पहिलाे पाइला संस्थाकी केन्द्रिय अध्यक्ष प्रतिभा जिसिले गरेकी थिइन ।

कार्यक्रमकी प्रमुख अतिथी समेत रहेकी अध्यक्ष जिसिले सधै परिवर्तनका लागि पहिलाे पाइलाले काम गरिरहने वताइन । उनले समाजलाई परिवर्त गर्नु पर्ने आवश्यकता रहेकाे वताउँदै आफ्नाे गाउँ आफै बनाउनु पर्ने धारणा राखिन ।

पहिलाे पाइला नेपाल वीरगंज शाखाका अध्यक्ष निश्चल प्रजापतिकाे अध्यक्षतामा भएकाे कार्यक्रममा संस्थाका संस्थापक सचिव विजय खड्का, केन्द्रिय सह सचिव आयुश पाैडेल, केन्द्रिय महासभा सदस्य दिपक पाण्डे, वीरगंज महानगरपालिकाका पूर्व मेयर विजय कुमार सरावगी, भाेलन्टिय समुह वीरगंजका संयाेजक राजन श्रीवास्तव, पत्रकार शम्भु कुमार सुमन, विनाेद पटेल लगायतकाे सहभागिता रहेकाे थियाे ।

सभामा विभिन्न अवार्डहरु वितरण गर्नुकाे साथै विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएकाे पहिलाे पाइलाका सदस्य राहुल साहले जानकारी दिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सुनसरी गोलीकाण्डको विरोधमा वीरगंजमा प्रदर्शन, घण्टाघरमा टायर बालेर नाराबाजी

वीरगंज । सुनसरीको कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक हिन्दु युवकको मृत्यु भएको घटनाको विरोधमा सोमबार साँझ वीरगंजमा हिन्दु संगठन तथा सर्वसाधारणले विरोध प्रदर्शन गरेका...

‘आत्महत्या होइन, हत्या हो’ भन्दै लक्ष्मी सिलवाल प्रकरणमा न्यायको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा गत शुक्रबार मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको मृत्यु शंकास्पद रहेको भन्दै निष्पक्ष छानबिन...

पर्सागढी–६ को सेवा सुचारु गर्न नगरपालिकालाई ७ दिने अल्टिमेटम

वीरगंज । पर्साकाे पर्सागढी नगरपालिका वडा नं. ६ का सर्वपक्षीय प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा स्थानीय नागरिकहरूले वडा कार्यालयबाट करिब तीन महिनादेखि नियमित सेवा प्रवाह...