Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

वीरगंजकाे दुई ठाउँमा भएकाे कार्यक्रममा १५२ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । क्रियाशिल युवा पत्रकार मञ्चको आयोजनामा शनिबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वीरगंजको घण्टाघरमा भएकाे कार्यक्रममा ५ महिलासहित १०१ जनाले रक्तदान गरेकाे आयाेजक संस्थाका उपाध्यक्ष आनन्द पटेलले वताए ।

नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराको प्रमुख आतिथ्यमा भएकोकार्यक्रममा दिपु पटेल, प्रिति त्रिपाठी, सुनिता पाण्डे, राकेश साह, आनन्द पटेल, उपेन्द्र बरैई, दिपेश ठाकुर लगायतकाले रक्तदान गरेको उपाध्यक्ष  पटेलले जानकारी दिए ।

कार्यक्रम संयोजक निलम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, शिक्षाविद डा.दिपक शाक्य, राष्ट्रिय सरोकार मञ्च नेपाल नारायणीका संयोजक नन्दकिसोर गोयल, लोपसाका युवा नेता ओमप्रकाश सर्राफ, कांग्रेसका युवा नेता दिलिपराज कार्की, समाजसेवी मुन्ना सर्राफ, संस्थाका अध्यक्ष प्रणय कुमार साह, कोषाध्यक्ष उपेन्द्र बरैई, प्रिया चौधरी, नेपाल आयल निगमका अधिकृत दिपक पटेल लगायतकाको उपस्थिती रहेकाे थियो ।

रक्तदान कार्यक्रम राष्ट्रिय बाणिज्य बैंकको सहयोग र रक्त संचार केन्द्रकाे प्राविधिक सहयाेगमा भएकाे थियाे ।

यसैगरी निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्साकाे आयाेजनामा पनि शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  वीरगंजस्थित युनिटी फुड कोर्टमा गरिएको रक्तदानमा कार्यक्रममा ६ महिलासहित ५१ जनाले रक्तदान गरेकाे जनाइएकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...