Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

पकहा मैनपुरमा पारिवारिक झगडामा एक वृद्धको मृत्यु

spot_img
spot_img

वीरगंज । पर्साको पकहा मैनपुर गाउँपालिका वडा नम्बर १ धोरेमा दुई परिवार बीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ । बिहिबार राति १० बजेको समयमा घरायसी झगडामा हानाहान हुँदा ६५ वर्षिय दसई रामको मृत्यु भएको हो । 

रामको शव परिक्षणको लागि नरायणी अस्पतालमा राखिएकाे छ । उनको टाउको तथा ढाड मुनि संवेदशील अंगहरूमा चोट देखिएको प्रहरीले जनाएको छ ।

झगडाको क्रममा तानातान हुँदा राम घर नजिकैको ढलाई बाटोमा लडेको प्रत्यक्षदर्शीले बताएका छन । 

प्रहरीले प्रारम्भिक अनुसंधानको क्रमा लठिले प्रहार भएको बताएपनि मृत्युको कारण र चोटको अवस्थाबारे शव परिक्षण तथा थप अनुसंधानबाट खुल्ने ईलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । 

मृतक दसई र महेश रामको घरबाट झगडा भएको थियो । दसईको मृत्यु पश्चात प्रहरीले विपक्षी महेश रामको घरबाट तीन जनालाई नियन्त्रणमा समेत लिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक केबलरहित बनाइँदै, विद्युत् र टेलिकमसहितका संरचना भूमिगत गरिने

वीरगंज । विस्तारको क्रममा रहेको वीरगंजको मुख्य सडकलाई केबलरहित बनाउँदै विद्युत्, खानेपानी, टेलिकम तथा अन्य आवश्यक सेवाका संरचना भूमिगत गर्न पहल गरिने भएको छ...

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...