Date
मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026

स्वास्थ्य राज्यमन्त्री वली प्रहरी नियन्त्रणमा

काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

- Advertisement -

दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित एक घरमा महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

तुलसीपुर–५ बसपार्कस्थित एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती र छोरीमाथि हातपात गरेको भन्दै स्थानीयले उनलाई घरभित्रै थुनेर राखेका थिए । त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयको सूचनापछि पुगेको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । हाल उनी इलाका प्रहरी कार्यालय तुलसीपुरमा रहेकी जनाइएको छ । 

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको बीपी उद्यानलाई महानगरले हरियाली पार्क बनाउँदै

वीरगंज । वीरगंज महानगरपालिकाले शहरको सौन्दर्य वृद्धि तथा वातावरणीय सुधारलाई प्राथमिकतामा राख्दै बीपी उद्यानलाई व्यवस्थित हरियाली पार्कका रूपमा विकास गर्ने कार्यलाई तीव्रता दिएको छ। लामो...

पर्साका विभिन्न पालिकाले सार्वजनिक जग्गा अतिक्रमण हटाउन समयसीमा तोके

वीरगंज । पर्साका विभिन्न स्थानीय तहहरूले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउन कडा चेतावनी दिएका छन् । धोबिनी, जिराभवानी र पकहाँमैनपुर गाउँपालिकाले छुट्टाछुट्टै सूचना...

सिम्रौनगढमा ७ किलो गाँजासहित एक जना पक्राउ

कलैया । बारा प्रहरीले सिम्रौनगढबाट लागूऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले सिम्रौनगढ नगरपालिका–६ गोलागंज निवासी करिब ३० वर्षीय विश्वनाथ मलिक डोमलाई...