Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

नागरिकताको समस्या बारे सांसद यादवद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

spot_img
spot_img
वीरगंज । प्रधानमन्त्री शेरबहादुर देउवाले यही साताभित्रै नागरिकता सम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य (सांसद) प्रदीप यादवले आइतवार प्रधानमन्त्री देउवालाई भेटेर नागरिकताको समस्या सम्बन्धमा ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति देउवाले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।
 
सांसद यादवको नेतृत्वमा जसपा कै सांसदद्वय नरमाया ढकाल र रानी मण्डलको टोलीले प्रधानमन्त्री देउवासँग भेटघाट गरेर जन्मसिद्ध नागरिकका सन्तानले भोगिरहेको समस्या बारे बताएपछि उनले यसै साताभित्र उनीहरुको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेकाे वताइएकाे छ ।
 
प्रधानमन्त्रीलाई भेटेर समस्या बारे जानकारी गराएका यादवले जन्मसिद्ध नागरिकका सन्तानले भोगिरहेको नागरिकताको विषयमा सडकदेखि सदनसम्म आवाज उठाउँदै आएका छन् । नागरिकता कै कारण सयौँ नागरिक रोजगार, उच्च शिक्षाबाट बञ्चित हुनुका साथै सरकारको सेवा सुविधासमेत उपभोग गर्न नपाएको यादवको भनाई छ ।
नागरिकता नहुँदा आज लाखौँ युवाहरु विचल्लीमा छन् । शिक्षा, स्वास्थ्य, रोजगार र राज्यले एउटा साधारण नागरिकालाई दिने आधारभूत सेवा सुविधाबाट समेत उनीहरु बञ्चित हुँदै आएका छन्,’ सांसद् यादवले भने, ‘वर्षौंदेखि नागरिकता नपाएको कारण कयौं युवाहरु आत्महत्या गर्ने अवस्थामा पुगेका छन् । उनीहरुको भविष्यसँग खेलवाड गर्नु हुँदैन । यथासिघ्र नागरिकता दिनुपर्छ ।’
 
नागरिकता विहिनहरुले आफुलाई पटकपटक दुखेसो पोखेपछि आज आफूहरुले प्रधानमन्त्रीलाई स्वयम् भेटेर समस्या बारे जानकारी गराएपछि सकारात्मक जवाफ आएको यादवले भने, ‘अहिले चलिरहेको बजेट सत्रबाट नै नागरिकताको विषयलाई समाधान गर्ने प्रधानमन्त्रीज्यूले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यसै साताभित्र सदनबाट जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता उपलब्ध गराउने निर्णय हुन्छ ।’
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...

बाढीपीडितका लागि प्याब्सन पर्साद्वारा १५ लाख रुपैयाँ राहत सहयोग

वीरगंज । बाढीपीडित तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको सहयोगका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले १५ लाख रुपैयाँ राहत सहयोग गरेको...