Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

कांग्रेसका ठाकुरसहित एक सय जना भन्दा बढीले गरे जसपा प्रबेश

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका उपाध्यक्ष रविन्द्र ठाकुरसहित एक सय जना भन्दा बढीले जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् ।

वीरगंज महानगरपालिकाकाे वडा नं. ८ मा शनिबार भएकाे पार्टी प्रबेश कार्यक्रममा उपाध्यक्ष ठाकुरसहित क्षेत्रीय प्रतिनिधी विशोरी प्रसाद पटेल, अशोक सर्राफ, एमालेका सफल कुमार साह, मनोज क्षेत्री, राकेश दुबे, प्रदीप शर्मा, लालबाबु ठाकुर, उत्तम जोशी, मोबारक मियाँ लगायतले प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य प्रदीप यादव, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह लगायतले अबिर र खादा ओढाएर पार्टीमा स्वागत गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले एन मार्फत नै महिलाको समान सहभागितालाई ग्यारेण्टी गर्ने प्रयास गरेके बताए । उनले त्यसका लागि प्रदेशभरीका हरेक कार्यालयमा ५० प्रतिशत महिलाको सहभागिता अनिवार्य रहने गरी ऐनमा नै उल्लेख गरेको बताए ।

कार्यक्रममा मुख्यमन्त्री राउतले अब सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत बालिकाहरुको खातामा नै पैसा पठाउने गरी कार्ययाेजना बनाइएको पनि जानकारी दिए ।

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य प्रदीप यादवले अन्य पार्टीले कार्यकर्तालाई प्रयोग मात्रै गर्ने तर जसपाले कार्यकर्ताको योगदानको आधारमा जिम्मेवारी दिने भएकाले सबैलाई पार्टीमा गोलबद्ध हुन आग्रह गरे ।

यस्तै वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगञ्जका वासिन्दाले विश्वास गरेर आफूलाई जिम्मेवारी दिएकाले उनीहरुको विश्वास र भरोसा टुट्न नदिने गरी काम गर्ने प्रतिबद्धता जनाए । नगर बनाउने सवालमा सबैको साथ र सहयोगको आवश्यक्ता रहेको बताउँदै उनले त्यसका लागि आआफ्नो ठाउँबाट सहयेग गर्न पनि आग्रह गरे ।

वीरगञ्ज घण्टाघरको सडक केही दिनमा सबै कानूनी अड्चन टुंग्याएर कालोपत्रे गरिने पनि उनले जानकारी दिए । “कानूनी प्रावधान मिलाउँदै काम गर्नु पर्ने रहेछ मैले मात्रै चाहेर हुने भएको भए त्यही दिनमा कालोपत्रे गराइसक्थे”, उनले थपे, “घण्टाघरको सडक किन बनेन भन्ने प्रश्न तपाइहरुको मनमा होला, केही दिनमै घण्टाघरको सडक कालोपत्रे गरीन्छ, म आश्वासन मात्रै बाड्ने काम गर्दिन जे भन्छु त्यो गरेर छाड्छु ।”

वीरगञ्ज महानगरले नगरमा रहेका महिलाहरुको आर्थिक स्तर वृद्धिका लागि विभिन्न योजनाहरु सञ्चालन गर्न लागिरहेको उनले बताए । कार्यक्रममा प्रदेश सांसद करिमा बेगम, नेता उमेशलाल सहनी, वडा नम्वर ८ का वडाध्यक्ष रितेश गुप्ता लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...