Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

परवानीपुरमा ५ महिलासहित १०१ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । बाराकाे परवानीपुर गाउँपालिका वडा नं. ५ नौतन-बहुअरीमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । शिव-पार्वती तथा श्री राम जानकी मन्दिरमा भएकाे कार्यक्रममा ५ महिलासहित १०५ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्रमुख साैरभ राज पाण्डले वताए ।

स्वच्छ समाज युवा क्लब नाैतन बाराकाे आयाेजनामा भएकाे कार्यक्रममा राजेश्वर दास, निरज कुमार साह, ओमप्रकाश महताे, हरिशंकर साह, रितेश पटेल, राजकुमार सिंह, मुकेश साह कानु, रामजी दास, विजय कुमार साह, अनिल प्रसाद कुर्मी, संदिप कुमार साह, ललिता देवी, संजिता देवी, बबिता देवी, सबिता देवी, अनिल कुमार साह, सुरज साह, नुरअहमद आलम, राजेश पटेल, दिपेश सहनी लगायतकाले रक्तदान गरेकाे प्रमुख पाण्डेले जानकारी दिए ।

परवानीपुर गाउँपालिका अध्यक्षका प्रत्याशी संजु साहकाे अध्यक्षता र संघिय सरकारकाे वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा नेपाल बार एशोसिएशनका पुर्व केन्द्रिय उपाध्यक्ष रामचन्द्र सिंह, जसपाका जिल्ला अध्यक्ष अजय पटेल, वडाध्यक्ष रामेश्वर साह कलवार, आनन्द यादव लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...