Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

परवानीपुरमा ५ महिलासहित १०१ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । बाराकाे परवानीपुर गाउँपालिका वडा नं. ५ नौतन-बहुअरीमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । शिव-पार्वती तथा श्री राम जानकी मन्दिरमा भएकाे कार्यक्रममा ५ महिलासहित १०५ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्रमुख साैरभ राज पाण्डले वताए ।

स्वच्छ समाज युवा क्लब नाैतन बाराकाे आयाेजनामा भएकाे कार्यक्रममा राजेश्वर दास, निरज कुमार साह, ओमप्रकाश महताे, हरिशंकर साह, रितेश पटेल, राजकुमार सिंह, मुकेश साह कानु, रामजी दास, विजय कुमार साह, अनिल प्रसाद कुर्मी, संदिप कुमार साह, ललिता देवी, संजिता देवी, बबिता देवी, सबिता देवी, अनिल कुमार साह, सुरज साह, नुरअहमद आलम, राजेश पटेल, दिपेश सहनी लगायतकाले रक्तदान गरेकाे प्रमुख पाण्डेले जानकारी दिए ।

परवानीपुर गाउँपालिका अध्यक्षका प्रत्याशी संजु साहकाे अध्यक्षता र संघिय सरकारकाे वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा नेपाल बार एशोसिएशनका पुर्व केन्द्रिय उपाध्यक्ष रामचन्द्र सिंह, जसपाका जिल्ला अध्यक्ष अजय पटेल, वडाध्यक्ष रामेश्वर साह कलवार, आनन्द यादव लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रुपमा...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय...

तिहार र छठका लागि माटाका भाँडा बनाउन कुम्हाललाई भ्याइनभ्याइ

पर्सा । तिहार तथा छठ पर्व नजिकिएसँगै माटाका दियो, पाला, घैँटा र अन्य पूजासामग्रीको माग बढेपछि पर्साका कुम्हाल समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको...