Date
बुध, अशोज ७, २०८३
Wed, September 23, 2026

घुमुवा यादवको सेटिङमा निर्बाध तस्करी

spot_img
spot_img

वीरगंज । प्रधानमन्त्री पत्नी आरजु देउवाको ठाडो आदेशमा वीरगंज बिर्ता वडा प्रहरी कार्यालयमा सरुवा भएका प्रहरी निरिक्षक बिशाल मल्लले अनुभवी घुमुवा परिचालन गरी कमाउधन्दामा सक्रिय भएका छन् । यसअघिका विर्ताका इन्स्पेक्टर राजेशराज पुरीका घुमुवा उमेश यादव २७ महिनादेखि त्यही कार्यरत रहेकोले उनको कमाउ धन्धा अझै सहज बनेको हो ।

यादवको दर्जा सिपाही भए पनि उनको पहुँच सिधै डीआइजीसम्म नै रहँदैआएको छ । शैलेश थापा क्षेत्रीसँगै अवकाश भएका मधेश प्रदेशका तत्कालीन डीआइजी उमेश रंजितकारसम्मलाई तस्करहरुबाट सेटिङ गरी बुझाउने भएकाले उनले जिल्लाका एसपीसम्मलाई पनि बेवास्ता गर्ने गरेको स्रोतले जनाएकाे छ ।

उमेश रंजितकारले मधेश प्रदेशमा एकपटक घुमुवा सरुवा गर्दा यादवलाई भने चलाएका थिएनन् । रंजितकारले हालका डीआइजी मसाउद आलम खाँलाई समेत उमेश यादवसँग कनेक्सन गराएकाले उनी घुमुवाका रुपमा तस्करहरुबाट निर्वाध रुपमा कमाउ अभियानमा लागेका छन् ।

बालुवाटारको पावरमा आएका इन्स्पेक्टर बिशाल मल्लले तिनै घुमुवामार्फत् सेटिङ गरी तस्करीको लाइन दिएर अतिरिक्त कमाउने क्रम सुरु गरेका छन् । विर्ता प्रहरीबाट लाइन पाएका भन्सारछली तस्करी गर्ने कारोबारीहरुमा अशोक वर्णवाल, पशुपति यादव, बैजु साह, मञ्जु पटेल, ललन पटेल, मदन बंगाली, मदन केवट, मनोज गुप्ता, तबारक मिया छन् ।

त्यसैगरी तस्करीको लाइन पाउनेहरुमा आरती यादव, बिकी साह, आकाश वर्णवाल, बिशाल जयसवाल, शिव कलवार, रबि शर्मा, मुनीलाल अप्सरा, जयलाल यादव, शेखावत ईनर्वागाउँ, शत्रुधन यादव, मालती देवी, अम्बेवा, रेखा देवी, चान्दा देवी, ललिता, चन्द्रिका, दुलारी, रुबि खातुन, झुन झुन, कुबेर जटाधारी, हरिन्द्र पटेल, बवन ठाकुर छन् ।

यसअघिका विर्ता वप्रकाका इन्स्पेक्टर पुरीलाई पूर्वआइजीपी सर्वेन्द्र खनालले सरुवा गरेका थिए । खनाल उपत्यका अपराध अनुसन्धान कार्यालयमा हुँदा पुरीलाई सँगै लगेका थिए । आइजीपी भएपछि सचिवालयमा लगे । खनालकै जोडबलमा पुरीलाई विर्तामा सरुवा गरिएको थियो । पुरीले समेत उमेश यादवलाई घुमुवा राखी माथि उल्लेख गरिएका तस्करहरुबाट मनग्ये लाभ लिएर गएको समाचार स्रोतले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्राउन सुगरसहित छिपहरमाईका आलम र जगरनाथपुरका पटेल पक्राउ

वीरगंज । पर्सामा १५४ ग्राम ब्राउन सुगर र ११ ग्राम ५९ मिलिग्राम अफिमजस्तो देखिने पदार्थसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लागूऔषध खरिद–बिक्री भइरहेको...

प्रचण्ड–माधवको वीरगंज कार्यक्रम असोज १४ गतेलाई सर्‍यो

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साले जिल्ला एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको मिति परिवर्तन गरेको छ । यसअघि २०८३ असोज ११ गते...

वीरगंज १२ काे कांग्रेस सभापतिमा जवाहरलाल

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरगंज महानगरपालिका–१२ मुर्लीको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा सभापतिमा जवाहरलाल प्रसाद निर्विरोध चयन हुनुभएको छ ।...