Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

तालिका अनुसार दिवा खाजा नखुवाउने प्रअलाई कारवाही हुने

spot_img
spot_img

वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिका वडा नं. ५ मा रहेकाे श्री ने.रा.प्रा.वि. बटसाैरामा मेन्यु अनुसार विद्यालयले दिवा खाजा नखुवाएकाे पाइएकाे छ । विद्यालयका प्रधानाध्यापक ललन द्विवेदीले विद्यालयमा अध्ययनरत बालबालिकाकाहरुलाई गाउँपालिकाकाे मन्यु विपरित खाजा खुवाइरहेकाे स्थानियहरुले वताएका छन् ।

गाउँपालिकाकाे मेन्यु अनुसार साेमबार कुखराकाे मासु र मंगलबार सेवई खुवाउनु पर्ने भएपनि प्रधानाध्यापक द्विवेदीले त्यस अनुसार नखुवाएकाे स्थानिय अभिभावकले गुनासाे गरेका छन् । मंगलबार विद्यालय पुगेका एक अभिभावले बालबालिकाहरुलाई कागमा भुजा र पकवरी खाइरहेकाे देखेपछि प्रधानाध्यापक द्विवेदीसंग प्रशन समेत गरेका थिए ।

ति अभिभावकले कालिका टाईम्सलाई पठाएकाे भिडियाेमा प्रधानाध्यापकसंग आज दिवा खाजामा के खुवाउन तालिका रहेकाे छ प्रशन गर्दा प्रधानाध्यापकले आफुलाई थाहा नभएकाे गैर जिम्मेवार जवाफ दिएकाे देखिन्छ । गाउँपालिकाले धेरै दिन पहिला नै दिवा खाजाकाे तालिका (मेन्यु) सार्वजनिक गरेकाे भएपनि आफुलाई थाहा नभएकाे प्रधानाध्यापक द्विवेदीले भन्नुले उनकाे लापरवाही देखिन्छ । 

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु साहले तालिका अनुसार दिवा खाजा नखुवाउने प्रधानाध्यापकलाई कारवाही हुने वताए । उनले “दिवा खाजाकाे सवालमा कुनै किसिमकाे लापरवाही सहन्य नहुने वताउँदै भाेली नै ति विद्यालयका प्रधानाध्यापकसंग स्पष्टिकरण साेधिने वताए ।” 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...