वीरगंज । पर्साकाे जगरनाथपुर गाउँ कार्यपालिकाकाे पहिलाे बैठक साेमबार सम्पन्न भएकाे छ । गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवकाे अध्यक्षतामा बसेकाे बैठकले आइतबार पनि विद्यालय संचालन गर्ने निर्णय गरेकाे हाे ।
सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार विदा दिए पनि जगरनाथपुर गाउँपालिमा आइतबार विद्यालय संचालन गर्ने निर्णय गरिएकाे गाउँपालिका अध्यक्ष यादवकाे वताए ।
यसैगरी कार्यपालिकाकाे बैठकले विद्यालयमा बन्द रहेकाे दिवा खाजा सुचारु गर्ने पनि निर्णय गरेकाे छ । बैठकले दिवा खाजा मेन्यु समेत तयार गरेकाे जनाइएकाे छ ।
विद्यालयहरुमा दिवा खाजामा गाउँपालिकाले तयार गरेकाे मेन्यु अनुसार आइतबार पुरी, आलु, साेयाविनका तरकारी वा हरियाे तरकारी, भात अण्डा करी एक/एक वटा, मंगलबार घ्युमा पकाएकाे सुजिकाे हलुवा, बुधबार खिर, विहिबार चावल, आलुकाे आचारसहित मुगदाल खिचडी र शुक्रबार कुखुराकाे मासु र भुजा खुवाउनु पर्ने छ ।






