Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026

छिपहरमाई १ काे वडा कार्यालय उद्घाटन, वडाध्यक्ष यादवले गरे पदभार ग्रहण

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. १ मिर्जापुरका वडाध्यक्ष कामेश्वर प्रसाद यादवले पदभार ग्रहण गरेका छन् । नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित यादव आज एक कार्यक्रमका बिच पदभार ग्रहण गरेका हुन् ।

त्यस अघि मर्मत र रंग राेहन गरिएकाे वडा कार्यालयकाे रिबन काटेर नेपाली का्ग्रेस पर्साका सह सचिव नविन सिंहले उद्घाट गरेका थिए । बैशाख ३० गते सम्पन्न निर्वाचनमा गाउँपालिका अध्यक्षका उम्मेदवार समेत रहेका सह सचिव सिंहले फुल माला र अविरकाे टिका लगाएर नवनिर्वाचित वडाध्यक्ष यादवलाई बधाई तथा सफल कार्यकालकाे शुभकामना दिए ।

पदभार ग्रहण कार्यक्रमलाई सम्बाेधन गर्दै सह सचिव सिंहले जनप्रतिनिधिले जनचाहना अनुसार काम गर्नु पर्ने वताए । उनले निर्वाचनमा हारजित स्वभाविक भएकाे वताउँदै विकासकाे मामला सबैसंग सहकार्य गरेर अगाडी बढनु पर्ने धारणा राखे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...