Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

सदियाेदेखि ठगिदै आएकाे वीरगंजलाई यसपालि पनि ठगियाे : सांसद यादव

spot_img
spot_img

वीरगंज । सुनको अण्डा दिने शहर वीरगञ्जलाई सरकारले सदियौँदेखि ठग्दै आएको पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादवले बताएका छन् । आर्थिक वर्ष २०७९/८० को बजेटमाथिकाे छलफलमा सहभागी हुँदै सांसद यादवले बजेटले संघियतालाई बलियो बनाउने प्रयास गरेपनि सन्तुलन नदेखिएको टिप्पणी गरे ।

उनले भने, ‘बजेटले खुशी र दुःखी दुवै बनाएको छ । बजेटले संघियतालाई बलियो बनाउने प्रयास गरेकोमा खुशी लागेको छ भने समग्र रुपमा मधेश प्रदेश र सुनको अण्डा दिने शहर वीरगञ्जलाई उपेक्षा गरेकोमा दुःख लागेको छ ।’ हुलाकी सडक मधेश प्रदेशको लाइफलाईन भएपनि त्यसको लागि थोरै मात्रै बजेट बिनियोजन गरेकोमा सांसद यादवले असन्तुष्टी पोखे ।

मधेश प्रदेशमा कुनै पनि खास योजना नसमेटिएको वताउँदै सांसद यादवले पुन: बिचार गर्न अर्थमन्त्री जनार्दन शर्मालाई ध्यानाकर्षण गराए । उनले मधेश प्रदेशको सरकारलाई दिइने अनुदान पनि घटाइएकाे वताउँदै आपत्ति समेत जनाए ।

मालपोत कार्यालयलाई प्रदेश सरकारको मातहतमा राख्नुपर्ने पनि उनको माग छ । उनले भने, “मालपोत कार्यालयले उठाउने रजिष्ट्रेशन शूल्क प्रदेशमा जाने भएपनि संघिय सरकारले टेक अप गरीरहेको छ । त्यसैले मालपोत कार्यालयलाई प्रदेश मातहमा राख्नुपर्छ ।”

मुलुकका अर्थतन्त्रमा ठूलो टेवा पुग्ने वीरगञ्जलाई उपेक्षा गर्दै आएकोमा आपत्ति जनाउँदै सांसद यादवले भने, “वीरगञ्जबाट सँधै लिने मात्रै काम भएको छ तर दिने केही पनि भएन । बजेट तथा योजना पाउनका लागि राष्ट्रिय नेता नै हुनुपर्ने हो त ?” नारायणी रंगशाला अहिले कोमामा गइसकेको हुँदा पुर्ननिर्माणका लागि बजेट बिनियोजन गर्नुपर्ने माग गर्दै संघले बनाउन नसक्ने भए स्थानीय वा प्रदेश सरकारको जिम्मा दिएमा आफै बनाउने पनि उनले बताए ।

नरायणी अस्पतालमा पनि संरचनाको कमी, स्वास्थ्य सामाग्री, उपकरणको अभाव हुनुका साथै ठाकुरराम बहुमुखी क्याम्पसलाई पनि बजेटमा नसमेटिएको उनको भनाई छ । प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीदेखि अन्य नेताहरु पनि वीरगञ्जमा पुग्दा औद्योगिक नगरी भनेर भाषण गरेपनि औद्योगिक नगरी घोषणा गर्न नसक्नुको दुखद विषय भएको बताए ।

वीरगञ्जमा थोक कृषि केन्द्र स्थापना गर्नुपर्ने माग गर्दै सांसद यादवले निजगढ अन्तर्राष्ट्रिय बिमानस्थल बनाउने योजना बजेटमा समावेश भएकोमा सरकार र नागरिक उड्यन मन्त्रीप्रति धन्यवाद ज्ञापन गरे । यद्यपी सर्वाेच्च अदालतले गरेको निर्णयमा आपत्ति जनाउँदै उक्त निर्णय मधेशमात्रै नभएर सिंगो मुलुकको समृद्धीको बाधक भएको सांसद यादवको ठम्याई छ ।

बन माफियाका कारण निजगढ बिमानस्थल बनाउन रोक लगाएको हुन सक्ने आशंका पनि उनले व्यक्त गरेका छन् । उनले भने, “सभामुख महोदय निजगढमा बाहिर रुखहरु देखिन्छ, भित्र भित्र खोक्रो पारिएको छ । बन माफियाले रुख मासिन्छ भन्ने बहस चलाएर बनलाई नै रित्तो बनाइरहेका छन् । जंगलको भित्र घरहरु छन्, बिजुली छैन तर चापा कल गाडिएको छ सोलार हालेर दिनदिनै बस्ती बढीरहेको छ ।”

सिमरा बिमानस्थल काठमाण्डौदेखि सबैभन्दा छोटो दुरीमा रहेको हुँदा त्यसको रनवे बढाउनुपर्ने पनि सांसद यादवले माग गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...

बाढीपीडितका लागि प्याब्सन पर्साद्वारा १५ लाख रुपैयाँ राहत सहयोग

वीरगंज । बाढीपीडित तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको सहयोगका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले १५ लाख रुपैयाँ राहत सहयोग गरेको...

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगंजमा हुने

वीरगंज । जनमत पार्टीले आफ्नो दोस्रो महाधिवेशनको विस्तृत समयतालिका सार्वजनिक गरेको छ । पार्टीको दोस्रो महाधिवेशन आगामी २०८३ असोज १० गते शनिबार वीरगंजस्थित टाउनहलमा...