Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

विवाहको प्रलोभनमा जबरजस्ती करणी गरी बेचबिखन गर्न खोजेको आरोपमा ३ जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले मानव बेचबिखन तथा जबरजस्ती करणी अभियोगमा १ महिलासहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका वडा नं. ४ का सुरज कुमार साह, जुम्हा हेमा गाउँपालिका वडा नं. ३ का हरिचन्द्रनाथ योगी र संखुवासभा खाँदवारी नगरपालिका १० हाल वीरगंज १६ बस्दै आएकी लक्ष्मी बुढाथोपी (कार्की) रहेका छन् ।

काठमाडौंस्थित २५ बर्षिय युवतीलाई विवाहको प्रलोभन देखाई वीरगंज बोलाई उनको साथमा पटकपटक बलात्कार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक ओम प्रकाश खनालले बताए । उनले भने, वीरगंज महानगरपालिका ८ स्थित एक रेष्टुरेन्टमा काम गर्दै आएका सुरजले जेष्ठ ५ गते ती युवतीलाई विवाह गर्ने प्रलोभन देखाई वीरगंज बोलाएर पटक पटक करणी (बलात्कार) गरेका थिए ।

त्यसपश्चात जेष्ठ ९ गते वीरगंज १६ स्थित कार्की होटलकी संचालिका समेत रहेका लक्ष्मी बुढाथोपीको जिम्मा लगाई फरार भएको हो ।

लक्ष्मीले जेष्ठ १० गते विवाह गर्छ भनि झुक्याई जिल्ला जुम्ला हेमा गाउँपालिका ३ जोगीवडा टोल घर भई हाल वीरगंज १६ फुलवारी टोलमा डेरा गरी बस्ने ३५ को हरिचन्द्रनाथ योगीको जिम्मा ती युवतीलाई लगाएका थिए । योगीले पनि पीडितलाई आफ्नो कोठामा लगी मानसिक र शारीरिक यातना दिई पटकपटक जबरजस्ती करणी गरेका थिए । उनले आफ्नै कोठामा बन्धक बनाएर युवतीमाथि बारम्बार योनशोषण गर्दै आएको उनले बताए ।

जेष्ठ १४ गते पीडित युवती घरमा कोई नभएको मौका छोपी घरबाट भागेर आफन्तलाई जानकारी गरी प्रहरीमा खबर गरेका थिए । प्रहरीले घटनाबारे जानकारी पाउँन साथ तीनै जनालाई पक्राउ गरेको थियो । हाल तीनै जनामाथि मानव बेचबिखन तथा जबरस्ती करणी मुद्दामा जिल्ला अदालतमा म्याद थप गराई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...