Date
शनि, साउन ९, २०८३
Sat, July 25, 2026

कक्षा ६ सम्मका बालबालिकालाई दिवा खाजा

spot_img
spot_img

काठमाडौँ । सरकारले कक्षा ६ सम्मका विद्यार्थी दिवा खाजा उपलब्ध गराउने भएको छ ।अर्थमन्त्री जर्नादन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै आगामी आर्थिक वर्षदेखि ६ कक्षासम्मका बालबालिकालाई दिवा खाजा वितरण गरिने बताए । यसअघि ५ कक्षासम्मका विद्यार्थीलाई सरकारले दिवा खाजा उपलब्ध गराउने गरेको थियो । क्रमश: ८ कक्षासम्मका बालबालिकालाई दिवा खाजा उपलब्ध गराइने अर्थमन्त्री शर्माको भनाइ छ ।

शिक्षक अस्पताल निर्माण अघि बढाइने उनले बताए । शिक्षक अस्पताल निर्माणका लागि चितवनमा जग्गा छनोट र सिफारिस भइसकेको छ । १ सय ४० सामुदायिक विद्यालयमा संचालित ‘सिक्दै कमाउँदै’ कार्यक्रमलाई थप एक सय विस्तार गरिने उनले जनाए । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई पूर्वाधार निर्माणमा केन्द्रित गर्न ८ अर्ब ८८ करोड विनियोजन गरिएको छ ।

शैक्षिक सत्र सुरु हुनुअघि विद्यार्थीको नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउने बजेटमा उल्लेख छ । प्रत्येक प्रदेशमा भर्चुअल शिक्षक कार्यक्रम संचालन गर्न १० करोड रुपैयाँ छुट्टाइएको छ । विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा ५ लाख रुपैयाँसम्म प्रधानाध्यापकले खर्च गर्न पाउने व्यवस्था गरिएको अर्थमन्त्री शर्माले बताए । शिक्षक दरबन्दी पुनरावलोकन गरिने, सामुदायिक विद्यालय नक्साङ्कन समायोजन कार्यक्रमलाई निरन्तरता दिने, शहिद स्मृति विद्यालयहरुलाई क्रमश: सार्वजनिक प्राविधिक विद्यालय बनाउने, प्राविधिक शिक्षालाई प्रदेशमा हस्तान्तरण गर्दै जाने बजेट कार्यक्रममा उल्लेख छ ।

सरकारले स्वदेशमा नै उच्च शिक्षा गर्न प्रदान गर्ने वातारण मिलाउने अर्थमन्त्रीले बताए । विश्वविद्यालयहरुमा विदेशी विद्यार्थीहरुलाई भर्नामा आरक्षण दिने घोषणा गरिएको छ । मेडिकल कलेजहरुमा वर्षको दुई पटक विद्यार्थी भर्ना गराउने व्यवस्था मिलाइने व्यवस्था गरिने उनले बताए । काठमाडौं उपत्यका बाहिर मेडिकल कलेज स्थापना गर्न सहजीकरण गर्ने बजेट कार्यक्रममा उल्लेख छ । समग्रमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको लागि ७० अर्ब ५ करोड, शिक्षा तर्फ प्रदेशमा ५ अर्ब ३२ करोड र स्थानीय तहमा १ अर्ब २९ अर्ब १ करोड हस्तान्तरण गरिएको अर्थमन्त्री शर्माले जनाए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कावासोतीमा चोरी नियन्त्रण तथा सुरक्षा सचेतना प्रशिक्षण, प्रहरी–जनता साझेदारीमा जोड

कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को आयोजनामा कावासोती नगरपालिका–३ स्थित वडा कार्यालयको सभाहलमा चोरी नियन्त्रण तथा सुरक्षा सचेतनासम्बन्धी प्रशिक्षण कार्यक्रम...

कादम्बरी स्कुलकाे लापरवाहीले छाेरा घाइते भएकाे भन्दै अभिभावकको उजुरी

वीरगंज । कादम्बरी एकेडेमी, वीरगंजमा अध्ययनरत एक विद्यार्थी विद्यालय समयमै घाइते भएको घटनालाई लिएर उनका अभिभावकले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका छन् । वीरगंज...

रौतहटमा खुकुरी प्रहार गरी महिलाको हत्या, स्थानीयले घेरा हाली आरोपितलाई नियन्त्रणमा लिए

वीरगंज । रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोलमा शुक्रबार धारिलो हतियार (खुकुरी) प्रहारबाट एक महिलाको हत्या भएको छ । मृतक स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती अन्दाजी...