Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

वीरगंज र पंचगावामा भएकाे कार्यक्रममा ८६ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । परोपकारी संस्था टिम स्पेसल २६ काे आयाेजनामा शनिबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।
वीरगंज १६ नगवास्थित बौधीमाइ धर्मशालामा संस्थाको पहिलो वार्षिक उत्सवको उपलक्ष्यमा भएकाे कार्यक्रममा १ महिला सहित ४७ जनाले रगत दान गरेका छन् ।

कार्यक्रममा साधना कर्ण , रितिक श्रीवास्तव, सावन कुमार, सुमन कुमार दत्त, प्रजय कुमार अग्रवाल, आयुष सिंह, नवीन कुमार बैठा, विक्की गुप्ता, नेहाल एकबाल, प्रवीण कर्ण, रामबाबु महतो, सुजित गुप्ता, हरेन्द्र बरै, रवी सरार्फ, राजन चौरासीया, अरुण गुप्ता लगायतकाले रक्तदान गरेकाे नेपाल रेडक्रस सोसाइटी पर्साका राजन श्रीवास्तवले जानकारी दिए ।

टिम स्पेसल २६ का अध्यक्ष सुमन कुमार दत्तको अध्यक्षतामा भएकाे कार्यक्रममा वीरगंज १६ का वडाध्यक्ष परशुराम चौरसीया, कार्यक्रम संयोजक श्याम साह लगायतकाे उपस्थिती रहेको थियो ।

यसैगरी पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं. २ पचगाँवामा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । पचगाँवा समाजसेवी युवा समुहले पचगाँवा चोकमै आयोजना गरेको काार्यक्रममा ३९ जनाले रगतदान गरेका छन् ।

कार्यक्रममा सिकेन्द्र साह, मनोज पटेल, राजन यादव, शम्भु सहनी, आसुदेव चौधरी लगायतले रक्तदान गरेका हुन् ।

रक्त संचार केन्द्र वीरगंजकाे प्राविधिक सहयोगमा भएकाे रक्तदान कार्यक्रमको उद्घाटन सखुवा प्रसौनी गाँउपालिकाका नवनिर्वाचित अध्यक्ष यशवन्त यादवले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...