Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

हुण्डीकाे ९ लाख रकमसहित एक भारतिय नागरिक पक्राउ

spot_img
spot_img

वीरगंज । स्राेत नखुलेकाे नेपाली रु ९ लाख ५० हजार नगदसहित एक भारतिय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । वीरगंज १६, शंकराचार्य गेटबाट भारत विहार पूर्वी चम्पारण जिल्ला बेतिया थाना गुर्वालिया कचहरी वडा नं. ४ बस्ने वर्ष ४१ को संजय रामलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

प्रहरी चौकी ईनर्वा, पर्साबाट खटिएको नियमित चेकिङ टोलीले बुधबार सांझ ५:५० बजे भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३-०२-०११ प ८६२७ नम्बरको रातो कालो पल्सर मोटरसाईकल रोकी जाँच गर्दा मोटरसाइकल चालक रामले हरियो प्लाष्टिकको झोलाभित्र लुकाई छिपाई राखेको श्रोत नखुलेको नेपाली रू. ९ लाख ५० हजार फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

उक्त मोटरसाइकल र रकम बरामद गरी निजलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...