Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

बिल बिजक भन्दा बढी समान बोकेको ट्रक प्रहरी नियन्त्रणमा

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले बिल बिजक भन्दा बढी समान बोकेको ट्रक नियन्त्रणमा लिएको छ । वीरगन्ज १६ माईदिया पोखरी अगाडी बाईपास सडकखण्डबाट प्रदेश ०१-००३ क ९३०४ नम्बरको मालबाहक ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बिल बिजक भन्दा बढी ईलेक्ट्रोनिक लगायतको मालसमान लोड गरिएको ट्रक सूचनाको आधारमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

ट्रकलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा सूचना अनुसार नै बिल बिजक भन्दा बढीको समान लोड गरिएको पाएपछि थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्त प्रहरी नायब उपरिक्षक ओम प्रकाश खनालले बताए ।

ईलेक्टोनिक समान मालसमान सहित ४० लाख मुल्यांकन राखि थप कारवाहीको तथा अनुसन्धानको लागि राजश्व कार्यालय पथलैया पठाएको उनले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...